याद गर्नुस् काेराेना भाइरस बढी कुन–कुन ठाउँमा बस्छ ?
काठमाडौं । विश्वभर फैलिरहेको कोरोनाम भाइरसको कारण सबै त्रसित छन् । कतै म मेरो परिवारलाई कोरोना भाइरस लाग्ने त होइन भन्ने सबैमा चिन्ता बढ्दै गएको छ । तर, अहिले चिन्ता भन्दा पनि सजज बन्ने हो । आफुले प्रयोग गर्ने सामान र आफु बस्ने ठाउँको सरसफाईमा ध्यान दिन सके यसबाट छुटकारा पाउन पनि सकिन्छ । खासगरी कार मानिसको बिलासिताको साधन पनि हो । तपाईं दैनिक कारबाट यात्रा गर्नु हुन्छ वा अन्य सवारीसाधन चलाउनु पर्ने बाध्यतामा हुनुहुन्छ भने त्यसको सफाईसमेत महत्वपूर्ण हुन्छ । कार चलाउँदा विशेषगरि यी कूरामा ध्यान दिन जरुरी छ । – कोरोना भाइरस एसीमा सबैभन्दा धेरै एक्टिभ हुन्छ, र छिटो फैलिन्छ । किनकी कारको एरिया छोटो हुन्छ । एसी चलिरहेको समयमा भाइरस सबै यात्रुसम्म पुग्न सक्छ । गर्मीको समयमा धेरैजसो मानिस एसीको प्रयोग गर्दछन्। यस्तोबेला कारको एसी सफा राख्न सबैभन्दा जरुरी छ। यसका लागि एसीको भेन्ट्स सफा गर्नुपर्छ। साथै भेन्ट्समा किटनासक स्प्रेको प्रयोग गर्नुहोस् । – कारको क्याबिन सफा राख्नुहोस् कारको क्याविनको सरसफाई सबैभन्दा महत्वपूर्ण हुन्छ। ड्राइभिङ गर्नुभन्दा पहिला क्याविनलाई राम्रोसँग सफा गर्नुहोस्। यसका लागि क्याविन स्यानिटाइज गर्नुहोस्। तपाईंको कारमा भाइरस तबसम्म रहन्छ, जबसम्म त्यसको सफाई राम्रोसँग हुँदैन। सफा गर्नका लागि कुनै पनि कार क्लिनिङ प्रोडक्टको प्रयोग गर्न सकिन्छ। कार क्याविनको सफाईका लागि भ्याकुम क्लिनरको समेत प्रयोग गर्न सकिन्छ। कारको ड्यासबोर्ड, स्टेयरिङ, एसी विंग्स आदिलाई समेत सफा राख्नु जरुरी छ। – सबैभन्दा पहिले आफैलाई स्वच्छ राख्नुहोस् कार वा अन्य सवारी ड्राइभिङको समयमा आफ्नो सुरक्षा सबैभन्दा जरुरी हुन्छ । यदी तपाईंले आफैँलाई सुरक्षित राख्नुहुन्छ भने कार भित्र भाइरस पुग्ने सम्भावना न्यून हुन्छ। यसका लागि डब्लुएचओले गाइडलाइन जारी गरेको छ । त्यसलाई निरन्तर पालना गर्नुपर्छ। – यदी तपाईंले आफ्नो हातलाई पटकपटक सही तरिकाले धुनु भएको छ भने यो संक्रमणबाट बच्न सकिन्छ। तपाईंले ड्राइभिङ भन्दा पहिला र पछि सँधै हात राम्रो धुने गर्नुपर्छ। आफ्नो कारमा स्यानिटाइजर राख्नुहोस्। कार वा जुनसुकै सवारी चलाउनुभन्दा पहिला यसको प्रयोग गर्नुहोस्। साथै जो तपाईंसँग कारमा यात्रा गरिरहेका छन्, उनीहरुलाई पनि स्यानिटाइजर प्रयोग गराउनुहोस्। मुखमा मास्क लगाएर ड्राइभिङ गर्नुहोस्। साथै कारम बस्ने सबैलाई मास्क लगाउन भन्नुहोस्। – कारको क्याबिन सफा राख्नुहोस् कारको क्याविनको सरसफाई सबैभन्दा महत्वपूर्ण हुन्छ। ड्राइभिङ गर्नुभन्दा पहिला क्याविनलाई राम्रोसँग सफा गर्नुहोस्। यसका लागि क्याविन स्यानिटाइज गर्नुहोस्। तपाईंको कारमा भाइरस तबसम्म रहन्छ, जबसम्म त्यसको सफाई राम्रोसँग हुँदैन। सफा गर्नका लागि कुनै पनि कार क्लिनिङ प्रोडक्टको प्रयोग गर्न सकिन्छ। कार क्याविनको सफाईका लागि भ्याकुम क्लिनरको समेत प्रयोग गर्न सकिन्छ। कारको ड्यासबोर्ड, स्टेयरिङ, एसी विंग्स आदिलाई समेत सफा राख्नु जरुरी छ। –पटक–पटक छुने ठाँउमा ध्यान दिनुहोस् सवारीसाधनको ती ठाँउ, जहाँ तपाईंले धेरै छुनुहुन्छ। त्यसको पटक–पटक सफा गर्नुपर्छ। खासगरी सवारीको डोर ह्यान्डललाई धेरै मानिसले छुन्छ, त्यसको सफाई लगातार गर्नुपर्छ । त्यसको सफाई गरिसकेपछि तुरुन्तै तपाईंले स्यानिटाइजर प्रयोग गरेर हात सफा गर्नुपर्छ। यस्तै स्टेयरिङ, गियरबक्स, ह्यान्ड ब्रेक, सन भाइजर्स, सिट एडजेस्टमेन्ट लिभर, सिट बेल्ट, ड्यासबोर्ड, म्युजिक सिस्टम, टचस्क्रिन आदीको सफाईमा समेत ध्यान दिनुपर्छ। त्यसको सफाईका लागि कुनै पनि प्रकारको किटनाशक राख्न सकिन्छ र कपडाले सफाई गर्न सकिन्छ। –एक्लै हिँड्ने कोशिस गर्नुहोस् केही समयका लागि तपाईंले शारीरिक दुरीमा बनाउन आवश्यक छ। कारमा एक्लै हिँड्ने कोशिस गर्नुहोस्। यदी कसैसँग हिँड्नुपरेमा स्यानिटाइज प्रोसेसलाई ध्यान दिनुहोस्। यात्राको समयमा कुनैपनि किसिमको पेमेन्टलाई डिजिटल गर्ने कोशिस गर्नुहोस्। किनकी भाइरस नोटमा समेत हुन सक्छ। भाइरस नोट हुँदै हात र वालेटसम्म पुग्न सक्छ। –सिटकभरको सफाई भाइरस कार तथा अन्य सवारीको सिट कभर र लेदरमा समेत हुन सक्छ। त्यहाँबाट भाइरस हात, कपडासम्म सहजै पुग्न सक्छ। यसका साथै हेडरेस्टस्, सीटब्याक पकेट्स आदी ठाँउ समेत सँधै सफा गर्नुपर्छ। त्यसको सफाईका लागि पानीमा स्याम्पु मिसाएर भिजेको कपडा प्रयोग गर्न सकिन्छ। सम्भव हुन्छ भने रातको समयमा किटनाशक स्प्रे प्रयोग गर्न सकिन्छ। यसले कारमा रहेका किटाणु र भाइरस नास गर्छ।
काेराेना विरूद्दकाे काेषमा सन्दिप लामिछानेकाे एक लाख रूपैयाँ सहयाेग
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक लाख सहयोग गर्ने भएका छन्। उनले हिजो बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । “कोषमा एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन् । सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए । पछिल्लाे समय काेषमा रकम जम्मा गर्नेकाे संख्या बढ्दै गएकाे हाे ।
प्रधानमन्त्री ओलीकाे स्वास्थ्य सामान्य, आजै डिस्चार्ज हुने
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज नै डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत जानकारी दिँदै आज नै डिस्चार्ज हुने बताएका हुन् । प्रधानमन्त्रीकाे उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत साे जानकारी गराएका हुन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । उनकाे फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।