अब पाँच मिनटमै काेराेना परीक्षण गर्न सकिने !
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा पाँच मिनेटमै दिन सक्ने प्रविधि तयार भएकाे छ । अमेरिकाकाे एबोट कम्पनीले याे मेसिन तयार गरेकाे हाे । यो मेसिनले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्ने बताइएकाे छ । अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ । अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । एजेन्सी
नुवाकोटमा २ सय ४४ क्वारेन्टाइन स्थापना
काठमाडौं । कोभिड–१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोटमा २ सय ४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ । कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका बाह्रै स्थानीय तहले आवश्यकताका आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याइएको जनाएका छन् । तत्कालका लागि स्थानीय तहले चारदेखि ७५ शय्यासम्मको एकान्तबास निर्माण गरेका छन् । स्थानीतयहले सञ्चालनमा ल्याएको एकान्तबासलाई सरकारले हालै जारी गरेको मापदण्डअनुसार व्यवस्थापन मिलाउन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ द्रोण पोखरेलले स्थानीय तहलाई स्मरण गराइएको बताए । रासस
कोरोना संक्रमण नियन्त्रणमा दक्षिण कोरियाले गरेको यस्तो छ उदाहरणीय काम
काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अस्तालमा रशेल आइपुग्छिन् । आफ्नो कारको सिसा तल गर्दै टाउको बाहिर निकाल्छिन् र स्वास्थ्य कर्मचारीले उनको मुख तथा नाकबाट नमूना संकलन गरी परीक्षणका लागि लैजान्छन् । रशेल अघिल्लो हप्ता डैगू गएकी थिइन । डैगू दक्षिण कोरियाको त्यो क्षेत्र हो, जहाँ कोरोना भाइरसको उच्च संक्रमण फैलिएको थियो । डैगूबाट फर्किएपछि उनलाई सामान्य ज्वरो तथा सुख्खा खोकी लागेको छ । हाल विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिरहेको छ र माहामारीको रुप धारण गरिहेको छ । उनी पनि कतै संक्रमण भएको हो कि भन्ने डर भएर परीक्षण गर्न आएकी हुन् । दक्षिण कोरियामा यस्ता दर्जनौं सेन्टरहरू निर्माण गरिएको छ, जहाँ सर्वसाधारण गएर कोरोना संक्रमणको परीक्षण गर्न सक्छन् । यी केन्द्रहरूमा, टाउकोदेखि खुट्टासम्म छोपिने सेतो सुरक्षात्मक कपडा लगाएर स्वास्थ्यकर्मीहरु बसेका छन् । उनीहरूको हातमा ठूलो पन्जा, आँखामा चश्मा र मुखमा सर्जिकल मास्कहरू छन् । यसपछि रशेल आफ्नो कारको सिसा बन्द गर्छिन् । र, पार्किङ्ग क्षेत्रबाट बाहिर निस्किन्छिन् । यदि परीक्षणको परिणाम पोजेटिभ छ भने उनलाई यस बारे जानकारी फोन मार्फत गराइनेछ र अस्पतालमा ल्याएर उपचार गरिनेछ । परिणाम नकारात्मक छ भने केवल एक सन्देश मोबाइलमा पठाइने छ । रशेल अस्पताल छिरेको डेड मिनेटमा अस्पतालबाट बाहिर निस्किसक्छिन । प्रयाप्त परीक्षण केन्द्र, तीब्र परीक्षण करिब २० हजार मानिसको दक्षिण कोरियामा हरेक दिन कोरोना परीक्षण भइरहेको छ । परीक्षण गरिएको यो डाटा संसारमा कुनै पनि अन्य देशको तुलनामा अत्याधिक मात्रामा बढी हो । रशेलले पार्किङ्ग छोडेको केही समयपछि नै उनको नमूना नजिकैको प्रयोगशालामा पठाइयो । दक्षिण कोरियामा कोरोना भाइरस परीक्षणको लागि डिजाइन गरिएका यस्ता प्रयोगशालाहरू चौविसै घण्टा चालु आवस्थामा रहन्छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई ख्याल गरेर नै यस्ता प्रयोगशालाहरूको निर्माण गरिएको हो । दक्षिण कोरियामा कोरोना भाइरस परीक्षणको लागि ९६ वटा सार्वजनिक तथा निजी प्रयोगशालाहरु निर्माण गरिएको छ, जसले रोग नियन्त्रणमा महत्वपूण भुमिका निर्वाह गरेका छन् । स्वास्थ्य अधिकारीहरु परीक्षणबाट संक्रमण नियन्त्रणमा सहजता हुने र मानिसहरूलाई सुरक्षित राख्न सकिन्छ भन्ने विश्वास गर्छन् । दक्षिण कोरियामा कोरोना संक्रमितहरुको मृत्युदर ०.७ प्रतिशत छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार वैश्विक मृत्युदर भने ४ प्रतिशतभन्दा माथि रहेको छ । तितो अनुभवबाट सिकाई कोरोना भाइरस नयाँ हो । तर, दक्षिण कोरिया संक्रमणको परीक्षण गर्ने तरिका पत्ता लगाउन सक्षम भयो । तिनीहरूले देशभरका प्रयोगशालाहरुमा सम्पर्क बिस्तार , नयाँ प्रयोगशाला निर्माण, तथा आवश्यक उपकरणको पूर्णव्यवस्थापन गरी मात्र १७ दिन भित्र सक्रिय रुपमा काम गर्न थाले । तर, यी सबै द्रुत प्रक्रियाहरु सम्भव हुनका पछाडी दक्षिण कोरियासँग एक धेर नैै तीतो अनुभव रहेको प्रोफेसर गे चियोल कोन बताउँछन् । उनी ल्याबोरेटरी मेडिसिन फाउण्डेशनका अध्यक्ष समेत हुन् । ‘हामीले कुनैपनि नयाँ संक्रमणको जोखिमसँग लड्न सिकेका छौं, यो हामीलाई सन् २०१५ मा फैलिएको मिडिलईस्ट रेस्पाइरेटरी सिन्ड्रोम (मर्स) बाट पाएको तितो अनुभब हो,’ प्रोफेसर चियोल भन्छन् । मर्सको प्रकोपले गर्दा दक्षिण कोरियामा ३६ जाना मानिसले जीवन गुमाएका थिए । ३६ जाना मानिसको मृत्युले दक्षिण कोरियाले आफ्नो दृष्टिकोण परिवर्तन गर्न बाध्य भएको थियो । नेतृत्व तहको उपयुत्त निर्णय देशले संक्रमणको सामनाका लागि छिटो र उपयोगी निर्णय गर्न नेतृत्व तहलाई बाध्य गरेको छ । दक्षिण कोरियाले रोग नियन्त्रणका लागि एक विभाग नै स्थापना गरेको छ, जसले सधैं कुनै पनि खराबभन्दा खराब अवस्थाको उचित सामना गर्ने हैसियत राख्दछ । वर्तमान परिस्थितिमा कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारी फैलाइरहदा दक्षिण कोरियाले भने बिगतको सिकाइ र पूर्वतयारीका कारण संक्रमण नियन्त्रण गर्न सफल भएको छ । तीन मन्त्रः परीक्षण, पहिचान र उपचार समग्रमा भन्दा दक्षिण कोरियाले यो भाइरसको संक्रमण रोक्नका लागि अपनाएको मुख्य मन्त्र भनेको अत्याधिक मात्रामा परीक्षण, संक्रमितको पहिचान र सुरक्षित उपचार नै हो । जसका लागि राज्य, निजी क्षेत्र तथा जनता हातमा हात मिलाएर अघि बढेका छन् । फलस्वरुप कोरोनासँग बिजय पाउन दक्षिण कोरियाल सफल भएको छ । अनि नेपाल ? हाल मानव सभ्यताकै चुनौतिको रुपमा देखापरेको कोरोना संक्रमणको चक्रबाट पार पाउन कुनैपनि क्षेत्रको एकल प्रयासबाट सम्भब देखिदैन । यसको उदाहरण इटाली, स्पेन, अमेरिका लगायतका देशहरुवाट लिन सकिन्छ । हाल नेपालमा देखिएको दृस्य भने ठिक उल्टो छ । राज्यले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) समेत प्रयाप्त मात्रामा उपलव्ध गराएको छैन । नेपालभर जम्मा एउटा मात्र प्रयोगशाला छ । नयाँ प्रयोगशाला निर्माणको लागि बजेट नभएको बक्तव्य मन्त्रीहरुबाट आइरहेको छ । बिरामी भर्ना नलिने निजी अस्पताल, कालोबजारी गर्नमा उद्यत केही व्यापारी तथा दुई चार लौरो नखाएसम्म घरभित्र बस्न नमान्ने हामी जनता । कतै हामी सबै मिलेर संक्रमणलाई निम्तो दिइरहेका त छैनौं ? अव सोच्ने बेला टर्न लागिसकेको छ । बेलैमा होस पु¥याऔं, हैन भने श्री पशुपतिनाथले समेत हाम्रो रक्षा गर्न सक्ने छैनन् । (अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)