WHO भन्छः चुरोट खानेलाई कोरोनाको जोखिम उच्च छ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चुरोट खानेलाई कोरोना भाइरसको जोखिम उच्च रहेको बताएको छ । ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोरोना भाइरस कोभिड–१९ अर्थातको संक्रमण बढ्ने संगठनको भनाइ छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहने कारणले यसबाट सजग रहन आग्रह गरेको छ । धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर पनि बनाउँछ । चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् । फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ ।

बझाङ उद्योग वाणिज्य संघले पनि शुरु गर्यो कोरोना भाइरस रोकथाम कोष

काठमाडौं । बझाङ उद्योग वाणिज्य संघले पनि कोरोना भाइरस रोकथाम विपत कोष शुरु गरेको छ । संघले आइतबार एक सूचना सार्वजनिक गर्दै कोष सुरु गरेको बताएको हो । जिल्लामा कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न कोष खडा गरेका बताइएको छ । साथै संघले कोरोना भाइरस रोकथाम रोकथाम कोषमा सहयोगको लागि अपील पनि गरेको छ । संघले कोषमा सहयोग गर्नेका लागिसम्र्पक व्यक्ति पनि तोकेको छ । त्यसका लागि संघका अध्यक्ष दान बहादुर सुर्मेली, सचिव संकर रसाइली र कार्यालय सचिव निम बहादुर थापालाई सम्पर्क गर्न जानकारी गरेको छ । हालसम्म संघले ४५ हजार रुपैयाँ लगायतका सामाग्रीहरु सहयोग पाइसकेको सूजनामार्फत जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को महामारी रोकथामका लागि अहिले कोरोना रोकथाम कोष सुरु हुने क्रम बढेदै गएको छ ।

कोरोना भाइरसबाट बच्नकाे लागि घर कसरी सफा गर्ने ?

काठमाडौं । कोरोनाभाईरसको त्रासमा अहिले आधा विश्व लकडाउनमा गएको छ । लकडाउनमा गईसके पनि हामीहरु अझै पनि यो संक्रमणको अब असर गर्दैन भनेर ढुक्क हुन सक्दैनौं । अधिकांश मानिसहरु अहिले घरभित्र नै छन् र अहिले मानिसहरुको लागि घरमा भाईरसबाट कसी बचाउने भन्ने रहेको छ । धेरै मानिसहरुमा यसलाई लिएर धेरै प्रश्न रहेको छ । पुरा घर सफा गर्नको लागि केही समय अवश्य लाग्दछ तर दिनमा एकपटक घर सफा गर्नाले यसले भाईरसको संक्रमण फैलनबाट बचाउन ठुलो मद्दत गर्दछ । प्रस्तुत छ न्युवर्क टाईम्सकी संवाददाता तारा पार्कर पोपले विशेषज्ञहरुसँग कुरा गरेर तयार पारेको घर सफा गर्न विषयको विभिन्न ७ प्रश्नको उत्तर १. घरलाई भाईरसबाट टाढा राख्न कति दिनमा घर सफा गर्नु पर्छ ? – दिनमा एक पटक । अन्य सरसफाई गर्ने क्रममा । २. के पुछ्दा मात्रै पनि भाईरसहरु मर्छन ? – यदि ९९.९ प्रतिशत किटाणु मार्न स्प्रेहरु प्रयोग गरेर पुछ्दा भने पक्कै पनि भाईरसहरु मर्छन । ३. के गर्नु यदि मसँग सरसफाई स्प्रे छैन भने ? – साबुन पानीको एकैठाउँमा राखेर पनि घरलाई सफा गर्न सकिन्छ । एक बाटा पानीमा केही मात्रामा लिक्विड साबुनका केही थोपा वा सरफ पनि प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि साबुन पानीले सबै किटाणु मार्दैन तर त्यसलाई रगटेर सफा गर्दा भाईरस लगायतका अन्य फोहोरहरु जाने गर्दछन् । ४. सबैभन्दा बढी मानिसहरुले छुने सतह कुन कुन हो ? ढोकाको समात्ने ठाउँ बत्तिको स्वीच फ्रिजर माईक्रोवेभको ढोका टिभीको रिमोट दराजको ढोका टोईलेटको ढोका धाराको समात्ने ठाउँ ५‍. के मैले सरसफाई गर्ने बेला पन्जा लगाउनुपर्छ ? घरको सरसफाई गर्दा पन्जा लाउन जरुरी मानिन्छ तर यदि पन्जा नभएको अवस्थामा सरसफाई पछि राम्रोसँग हात साबुन पानीले धुनुहोस् । ६. के मैले लगाएको पन्जा सरसफाई पछि धुन जरुरी छ ? यदि तपाई उक्त पन्जा पुर्ण प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई धुन जरुरी छ । बाथरुम र अन्य ठाउँको लागि फरक पन्जा प्रयोग गर्नुहोस् सरसफाई गरिसकेपछि …… -पन्जालाई राम्रोसँग साबुन पानीले धुने -त्यसलाई राम्रोसाग सुकाउने -पन्जालाई सुरक्षित स्थानमा राख्ने -एकपटक हात धुने ७. म मेरो घरलाई सफा राखिरहन के गर्न सक्छु ? घर पुग्ने बित्तिकै जुत्ता घर बाहिर नै राख्नुहोस् र त्यसलगतै साबुन पानीले हात धुने गर्नुहोस् ।