कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल, दाेस्राे चरणमा के हुन्छ ?

काठमाडौं । नेपाल काेराेना संक्रमणकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ । शनिबार एकैदिनमा तीनजना कोरोना संक्रमित भेटिए सँगै नेपाल काेराेनाकाे दास्राे चरणमा प्रवेश गरेकाे हाे । नेपालमा बाहिरबाट आएको संक्रमण संक्रमितसँग सम्पर्कमा आएको व्यक्तिमा देखिएको छ । नेपाल शुक्रबारसम्म मात्र कोरोना संक्रमणको पहिलो चरणमा थियो अर्थात कोरोना संक्रमण फैलिएको देशबाट नेपाल मानिसहरुको संक्रमणहरु उनीहरुमै सिमित थियो । स्वास्थ्य मन्त्रालयको अनुसार शुक्रबारसम्म १३ सय ५६ जनामा कोरोना परीक्षण भएको छ जसमा आजको सहित गरेर ९ जनाको नमुना परिक्षण पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नेपाल संक्रमणको पहिलो चरणमा बताउँदै आएको थियो जुन आजबाट दोस्रो चरणमा प्रवेश गरेको छ । यो एउटा खतराको संकेोत हाे । चैत १४ गते कोरोना पोजेटिभ देखिएको व्यक्तिको आफन्तमा ८ दिनपछी कोरोना संक्रमण देखिएको हो । व्यक्तिको राम्रोसँग क्नट्याक ट्रेसिङ नहुनु, क्वारेन्टाईनमा कडाई नगरेकाे याे घटनाबाट प्रष्ट हुन्छ । कोरोना भाईरस फैलिने चार चरण हुन्छ १.पहिलाे चरणः पहिलो चरणमा त्यस्ता व्यक्ति संक्रमित हुन्छन् जो कोरोना संक्रमण भएको देशबाट यात्र गरेर फर्किएका हुन्छन् । २.दोस्रो चरण संक्रमणको दोस्रो चरणमा भाईरस स्थानिय तहमा फैलिन्छ र संक्रमित व्यक्तिहरु ति हुन् कुनै न कुनै तरिकाबाट संक्रमण फैलिएको देशबाट आएका संक्रमित व्यक्तिहरुसँग संक्रमणमा आएका हुन्छन् । ३. तेस्रो चरण वा क्मयुनिटी ट्रान्सिमिसन यो संक्रमणको निकै नै खतरनाक चरण हो । यो चरणमा कुनै पनि व्यक्ति संक्रमण भएको कुनै पनि देशमा यात्रा नगरी वा भाईरसबाट संक्रमित व्यक्तिको संक्रमणमा नआई आफै संक्रमित हुन्छ । ४.चौथो चरण यो चरणमा भाईसले महामारीको रुप लिईसकेको हुन्छ र यसबाट हजारौं मानिसहरु संक्रमित भई ज्यान गुमाउन पुग्छन्

कोरोना भाईरससँगै फैलिएका केही हल्ला र यथार्थ

काठमाडौं । नोबेल कोरोना भाईरस (कोभिड १९) र यसको त्रास संसारभर फैलिरहेको अवस्थामा योसँग सम्बन्धित भ्रामक सुचना, सिद्धान्त र दाबीहरु पनि त्यतिकै फैलिरहेको छ । कोरोनासँग सम्बन्धित यति धेरै भ्रामक सुचनाहरु फैलिरहेको छन् कि विश्व स्वास्थ्य संगठनले यसलाई ईन्फोडेमिक अर्थात सुचनाको महामारी भनेको छ । यो भ्रम ईन्टरनेट र मुख्य सुचना प्रदायकहरुमा जताततै फैलिएको छ । केही भ्रामक हल्ला र त्यसको यथार्थ यस्तो छः भ्रम– कोरोनाभाईस मानिसले बनाएको हो यथार्थ –कोरोना भाईरस मानिसले बनाएको र ल्यावबाट चुहिएर मानिसमा संक्रमण फैलिएको भन्ने हल्ला व्यापक रुपमा फिजिएको छ । यो हल्ला एकाएक सोसाल मिडियामा आएको थियो जोसँग कुनै पनि प्रकारको विश्वसिलो प्रमाणहरु थिएन र जुन समय बढ्दै गएपछि झनै धेरै विस्तृत रुपमा आउन थाले । सामाजिक संजालमा कसैले यसलाई चीनले बनाएको भाइरस भन्थे भने कसैले अमेरिकाले बनाएको भन्थे । चीन र पश्चिम दुवैको वैज्ञानिकहरुले यो सिद्धान्तलाई नकारेका छन् र अझै पनि यो भाईरस कहाँबाट आयो भन्ने कुरालाई पत्ता लगाउन सकेका छैनन् । अध्यनहरुले सार्स जस्तै यो भाईरस चमेरबाट अर्काे एक प्रजातिमा आएर मानिसमा आएका बताईरहेको छ तर यो ठ्याक्कै पुष्टि भने भएको छैन । भ्रम – लसुनको सेवन वा तिलको तेलले मालिस गर्दा कोभिड १९ निको हुन्छ यथार्थ – लसुन तपाईको स्वास्थ्यका लागि राम्रो हो । त्यस्तै पानी र भिटामिन सी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तपाईले अहिलेको समयमा कोरोना भाईरससँग सम्बन्धित यस्ता धेरै खबरहरु पढुन् भएको छ र कति जनाले त पालना पनि गर्नुभएको होला । तर कोरोना संक्रमणमा यी वस्तुको प्रयोगले निको भएको कुनै पनि प्रमाण छैन । लसुन खाने, हरेक १५–१५ मिनेटमा पानी खाने र भिटामिन सी खाने भन्ने सबै हल्ला हुन् । यस्तै कतिपय पोष्टहरुले शरीरमा तिलको तेलले मालिस गर्दा रक्सी खाँदा वा शरीरमा लगाउँदा कोरोना भाइरस संक्रमणबाट बच्न सकिन्छ भन्ने पनि हल्ला छ । त्यो पनि झुट हो । केही यस्ता केमिकलहरु छन् जस्तै ईथ्यानल, प्यारासेटिक एसिड जसले सतहमा रहेका भाईरसहरु मार्न सक्छ । तर यदि भाईरस तपाईको शरीरमा आईसकेको छ भने तपाईको नाकको मुनि वा छालामा यस्तो चिज राखेर निको हँदैन । यो बरु उल्टै खतारनाक हुनसक्छ । हालको लागि कोरोना भाईरसको लागि कुनै पनि उपचार छैन । यसको भ्याक्सिन बनाउन अध्ययनहरु भइरहेका छन् जुन बन्न एक वर्ष पनि लाग्न सक्छ । यो समयमा तपाईले गर्न सक्ने सकैभन्दा राम्रो उपाय भनेको तपाईले चिसो मौसममा वा रुघा–खोकी लाग्दा जे गर्नु हुन्थ्यो त्यही गर्नुहोस् । कुनै पनि फ्लुको लक्षण देखाएका मानिसहरु भन्दा कम्तिमा पनि तीन फिट टाढा बस्नुहोस्, हरेक पटक साबुन पानीले २० सेकेण्डसम्म हात धुनुहोस्, बारम्बार मुखमा हात नलैजानुहोस्, घर वा काम गर्ने स्थानलाई सफा राख्नुहोस् र खोक्दा–हाच्छ्यु गर्दा टिस्यु पेपर प्रयोग गनर्सहोस् र त्यसलाई तत्काल फाल्नुहोस् । भ्रम – सबैले मास्क लगाउनु पर्छ यथार्थ– यो भनाई देश पिच्छे फरक छ । अमेरिकाको रोग नियन्त्रण रोकथाम केन्द्र सीडीसीको अनुसार जो सन्चो छन् उनीहरुले मास्क प्रयोग गर्नु पर्दैन । यस्तै युएस सर्जन जेनरल एड्म्सले पनि भनेका छन्, मास्क राम्रोसँग लगाउन जानिएन भने झनै त्यसले संक्रमण बढाउँछ । स्वस्थ मानिसले मास्क प्रयोग गर्दा अर्का अस्वस्थ मानिस, स्वास्थ्यकर्मीले प्रयोग गर्न नपाउने र झनै संक्रमण बढ्ने अमेरिकाले बताउँदै आएको छ । तर एसियाली राष्ट्रहरुले भने सार्र्वजनिक यातायातमा हुँदा मास्क प्रयोग गर्न सुझाव दिएका थिए । हङकङ्का स्वास्थ्य विशेषज्ञहरुले भने सामान्य मानिसले एन ९५ मास्क प्रयोग गर्न नहुने बताएको थियो । यसलाई लगाउन र निकाल्न विशेष ज्ञान हुनुपर्ने उनीहरुले बताएका थिए । नेपालमा पनि स्वास्थ्य विशेषज्ञहरुले मास्कलाई प्राथमिकता दिएका छैनन् तर मासिनहरु जस्तो पनि मास्क प्रयोग गरिरहेका छन् । र, कतिपय समयमा मेडिकल मास्क धोएर पटक पटक प्रयोग गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि फेस मास्क महत्वपूर्ण नरहेको बताउँदै आएको छ । भ्रम– गर्मीले भाईरस मर्छ यथार्थ– विश्व स्वास्थ्य संगठनको अनुसार हात सुख्खा बनाउने मेसिनले भाईरसलाई मार्दैन । यस्तै गर्मीले पनि भाईरसलाई मार्दैन भन्ने पुष्टि भईसकेको छ । भ्रम– बालबालिकालाई भाईरस लाग्दैन यथार्थ– यो भाईरस जुनै पनि उमेरको जस्तो सुकै व्यक्तिलाई लाग्न सक्छ । यद्यपि धेरै संक्रमणका केसहरु वयस्क व्यक्तिहरुमा बढि देखिए पनि बालबालिकाहरुलाई पनि यसले असर गरेको छ र मृत्यु पनि भएको छ । भ्रम – कोरोना भाईरस लागेपछि मरिन्छ यथार्थ– हाल संसारभर कोरोना भाईरसको कारण मृत्यु हुने संख्या ५ प्रतिशत रहेको छ भने निको हुनेको संख्या २० प्रतिशत छ । कोरोना भाईरस संक्रमण भएका मानिसहरुमा सामान्यत सास फेर्ने नलिमा समस्या आउने, ज्वरो आउने, खोकी लाग्ने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई यसले बढि असर गर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ । अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिए । उनले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गरेका छन् । यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ । रासस