कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए। “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उनले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । “अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौं”, मन्त्री ढकालले भने, “उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।” कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो । सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई ६० लाख रुपैयाँ बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन ९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ । रासस

नर्भिकले चैतसम्म उपचाररत सबै बिरामीको बिलमा २० प्रतिशत छुट दिने

काठमाडौं । नर्भिक अस्पतालले चैत मसान्तसम्म उपचाररत सबै बिरामीको बिलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको स्वास्थ्य सामाग्री हस्तानतरणमा अस्पतालका अध्यक्ष वसन्त चौधरीले चैत मसान्तसम्म सबै उपचाररत बिरामीको बिलमा २० प्रतिशत छुट दिने बताएका हुन् । वर्तमान परिस्थतिलाई मध्यनजर गर्दै देशभरका निजि क्षेत्र अफिनद्धारा संचालिन सबै अस्पतालले चैत १७ देखि लागु हुने गरि २० प्रतिशत छुट दिने निर्णय भएको चौधरीले आफ्नो ट्वीटर मार्फत पनि बताएका छन् । अस्पतालले कोभिड १९ को उपचारको लागि निशुल्क फिभर किल्निक र आईसोलेसन वार्ड पनि स्थापना गरेको छ । साथै अस्पतालले कोरोना कोषमा ५० लाख र ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नर्भिक अस्पतालद्धारा स्वास्थ्य मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयाेग

काठमाडौं । नर्भिक अस्पतालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । अस्पताल अध्यक्ष वसन्त कुमार चौधरीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ६० लाख बराबरको स्वास्थ्य जन्य सामाग्री सहयाेग गरेका हुन् । स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क दुई हजार थान, थ्रि प्लाई सर्जिकल मास्क ४८ हजार थान र पिपिई, गाउन, फेस सिल्ड, डिस्पोजेबल क्याप र ग्लोबस सहितको एक हजार थान क्मपिल्ट मेडिकल सेट रहेको मन्त्रालयले जनाएको छ । वसन्त चौधरी फाउन्डेसनले सरकारको कोरोना कोषमा सहयोग स्वरुप ५० लाख प्रदान गरिसकेको छ । फाउन्डेसनले र अस्पतालले कोरोनाको त्रास बढेसँगै एक करोड सहयोग गर्न घोषण गरेको थियो । यस्तै, चौधरीले सरकारको आह्वान बमोजिम अस्पतालमा उपचाररत बिरामीहरुलाई २०७६ चैत मसान्तसम्मको बिलमा २० प्रतिशत छुट दिने पनि निर्णय गरेका बताएका छन् । अस्पतालले कोभिड १९ को उपचारमा फिभर किल्निक र आईसोलेसनमा निशुल्क उपचार हुने व्यवस्थाको गरेको चौधरील बताए । उक्त सामाग्री आवश्यकता अनसार आजै बागलुङ, पोखरा, बुटवल, धनगढी पठाईने र अन्य ठाउँमा पनि चाँडै पठाउने मन्त्रालयले जनाएको छ ।