कोरोना संक्रमणको पुनः परीक्षणको लागि स्वाव किन काठमाडौं नै ल्याइन्छ ?
काठमाडौं । ‘चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनको संक्रमण देखिएको छ । भरतपुरस्थित प्रयोगशालामा पिसीआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ ।’ यस्ता प्रकृतिका समाचार अहिले धेरै सुन्न र देख्न थालेका छौं । कहिले जनकपुरधामस्थित प्रादेशिक अस्पताल, कहिले सेती प्रादेशिक अस्पताल धनगढी वा अन्य अस्पतालले ‘पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाएको छ’ भन्ने वाक्य जोडिएर आउने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ ओटै प्रदेशमा ७ ओटा तथा चितवन धरान गरी देशभर १५ स्थानमा कोरोना भाइरस संक्रमण भए नभएको यकिन गर्न पिसीआर परीक्षणको व्यवस्था गरिएको छ । प्रदेशतहमा गरिएको पिसीआर परीक्षणबाट आएको नतिजा पुनः पिसिआर प्रविधिबाट नै परीक्षणको लागि काठमाडौं पठाउनुपर्ने हो भने प्रदेशतह तथा अन्य स्थानमा हुने गरेको पिसीआर परीक्षणको औचित्य के ? पुनः परीक्षणको लागि किन पठाइन्छ त काठमाडौं ? भन्ने जस्ता जिज्ञासा पनि हुन सक्छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकारीहरु पनि यसको विस्तृत जानकारी औपचारिक रुपमा बताउँन चाहदैनन् । प्रयोगशालाका अधिकारीका अनुसार पिसीआर परीक्षण भनेको धेरै नै जटिल तथा संबेदनशील प्रकृया हो । यसमा अत्यन्त न्युन मात्रामा मेकानिकल, मानवीय अथवा अन्य कुनै पनि प्रकारको भुल बा त्रुटि भएमा पुरै नतिजामा नै फरक पर्ने हुन्छ । कोरोना जस्तो गम्भिर प्रकृतिको संक्रमणमा कुनै पनि एक जाना मात्रको नतिजा गलत आयो भने त्यसबाट संक्रमणको भयाबह परिस्थिति उत्पन्न हुन सक्ने भएकाले कन्फर्मेसनको लागि फरक उपकरण तथा प्राबिधिक प्रयोग गरेर परीक्षण गर्न काठमाडौं ल्याइने गरेको तथा कन्र्फमेसन पछि केहि नमुना डब्लुएचओले समेत पुन परीक्षण गरेर कन्फर्म गर्ने प्रकृया रहेको ती अधिकारीको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र रहेको कन्फर्मेसको अनुमति अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सेती प्रादेशिक अस्पताललाई समेत दिइएको छ । यो पुन परीक्षण गरेर कन्फर्म गर्ने प्रकृया नेपालमा मात्र नभएर विश्वका संम्पूर्ण देशहरुमा रहेको अर्थात यो विश्वव्यापि प्रकृया रहेको समेत रहेको प्रयोगशालाको भनाइ छ । केहो पिसीआर परीक्षण पिसीआर भन्नाले पोलिमरेज चेन रियाक्सन भन्ने बुझिन्छ । पिसीआर भनेको एक एम्पिलिफिकेशन प्रकृया हो । जसमा एउटा टार्गेट आरएनए वा डिएनएबाट सिलसिलेबार रुपमा बहुसंख्यक मात्रामा प्रतिलिपी जीन उत्पादन गर्ने तथा त्यसबाट अध्ययन अनुसन्धान गर्ने प्रकृया नै पिसीआर हो । पोलिमरेज भन्नाले जिन (कुनै पनि बस्तुको अनुबांशिक गुण भएको सबैभन्दा सानो अंश) को इन्जाइम हो । जस्तै, आरएनए पोलिमरेज, डिएनए पोलिमरेज इत्यादी । पोलिमरेज इन्जाइमले न्युक्यिोटाइपलाई एकअर्कामा जोडेर आरएनए वा डिएनए निर्माण गर्ने काम गर्दछ ।
दुनियाँले अझ लामो बाटो तय गर्नु छः डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले कोरोना महामारीसँग सामना गर्नका लागि दुनियाँले अझै पनि एउटा लामो बाटो तय गर्नुपर्ने बताएका छ । डा. टेड्रोसका अनुसार एकतर्फ जहाँ पश्चिमी युरोपका धेरै देशहरुमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ भने अर्कोतर्फ अफ्रिका, मध्य र दक्षिण अमेरिका तथा पूर्वी युरोपमा प्रकोप बढ्दै गएको देखिएको छ । यस्ता छन् विश्वभरका प्रमुख घटना संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या बढेर साढे २६ लाख नजिक पुगेको छ । त्यसैगरी यस भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार भन्दा बढि मानिस निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सवैभन्दा बढि प्रभावित देशहरुमध्येको स्पेनले घोषणा गरेको छ कि त्यहाँ मई महिनाको अन्तिम दुई हप्तामा लकडाउन हटाउने योजना बनिरहेको छ । जर्मनीले कोभिड–१९ को भ्याक्सिन मानवमा परीक्षण गर्नका लागि स्वीकृति दिएको छ । १८ वर्ष देखि ५५ वर्ष उमेरसमूहबीचका करीब २ सय जनामा यो परीक्षण गरिनेछ । बेलायमा अफिस फर नेशनल स्ट्याटिस्टिक्सको तर्फबाट जारी गरिएको तथ्यांकलाई आधार बनाउँदै फाइनेन्सियल टाइम्सले आशंका जाहेर गरेको छ कि बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ४१ हजार भन्दा बढि हुन सक्छ । यी तथ्यांकको आधार यो हो कि सार्वजनिक रुपमा अस्पतालमा भएका मृत्युलाई मात्र गणना गरिएको छ जबकि त्यसका बाबजुद पनि मृत्यु हुनेको संख्या धेरै बढि हुन सक्छ । फ्रान्सका श्रम मन्त्री मुरिल पेनेइकुदका अनुसार देशमा काम गर्ने करीब आधा जनसंख्याले देशको अस्थायी बेरोजगारी योजनामा हस्ताक्षर गरेका छन् । निजी क्षेत्रमा काम गर्ने करीब १ करोड २० लाख मानिसले मद्दका लागि आवेदन दिएका छन् । पेनेइकुदको भनाइ छ कि हरेक दुईमध्येको एउटा कर्मचारीले तथा हरेक दशमध्येको छ कम्पनीले मद्दका लागि आवेदन दिएका छन् । (श्रोतः बीबीसीडटकम)
कोरोना अपडेटः निको हुनेको संख्या ७ लाख १७ हजार नाध्यो
काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)