नेपालमा पिसिआरबाट कुल ८ हजार ६३ र आरडिटीबाट कुल २७ हजार ९ सय ५६ परीक्षण

काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ काे रियालटाईम पिसिआरबाट कुल ८ हजार ६३ वटा परीक्षण भएको छ । यस्तै र्यापिड डायग्नोस्टिक किटबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी गरेर नेपालमा हाल ३६ हजार ७ सय १९ परीक्षण भएको बताएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा पिसिआरबाट ३ सय ३३ र आरडिटीबाट २ हजार ८ सय ८ जनाको परीक्षण भएको छ । हालसम्म नेपालमा कोरोनाभाईरसको कारण लाग्ने कोभिड–१९ संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कुन प्रदेश कति परीक्षण ? हालसम्म आरडिटीबाट प्रदेश १ मा कुल २ हजार ६ सय २०, प्रदेश २ मा कुल ३ हजार ५ सय ९८, बागमती प्रदेशमा कुल ५ हजार ९ सय ५७ऽ गण्डकी प्रदेशमा ४ हजार १ सय ६३, प्रदेश ५ मा २ हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय ३४ र सुदुर पश्चिम प्रदेशमा कुल ६ हजार १ सय ७० काे परीक्षण भएकाे छ ।  

कोरोनाको उपचार जडिबुटीबाट हुँदैन: डा.वासुदेव उपाध्याय

काठमाडौ. । कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ को उपचार जडिबुटीबाट नहुने आयुर्वेद तथा वैकिल्पक चिकित्सा विभागले बताएको छ । कोभिड–१९ सम्बन्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कुनै पनि जडिबुटीले कोभिड–१९ निको पार्ने पुष्टि नभएको बताएका हुन् । उनी भन्छन्, हाम्रौ घर आँगनमै पाउने जडिबुटीले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ तर यसको मतलब यसले कोभिड–१९ ठीक पार्छ भन्ने होईन । ’ जडुबुटीले कोरोनाको उपचार गर्छु भन्दै भ्रामक सन्देश फैलाउन बन्द गर्न पनि उनले आग्रह गरेका छन् । उनले सबैलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य मन्त्रालयले जारी गरेको विधिहरुलाई अपनाउन आग्रह गरेका छन् ।

फेरि एक जनामा देखियो कोरोना, नेपालभर ३२ जना संक्रमित

काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् । संक्रमित उदयपुरकाे ३३ वर्षका पुरुष रहेकाे देवकोटाले बताए ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको पिसिआर परीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो । यो संगै उदयपुरमा मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालमा संक्रमण पुष्टि भएको संख्या ३२ पुगेको छ जसमध्ये ४ जना निको भएर घर गइसकेका छन् ।