कपिलवस्तुमा थप ३ जनामा कोरोना देखियो, संक्रमितको संख्या २ सय ७६

काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले विहान १० बजे मात्र बर्दिया, पर्सा, सर्लाही, सिराहा र चितवनमा ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको जानकारी दिँदै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिए । तलकाे समाचार पनि पढ्नु हाेला : नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो  

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो । जो बर्दिया नार्खु – ११ निवासी २८ वर्षिय महिला, सिराहा, सखुवा- १९ का ३० वर्षिय पुरुष, पर्सा विरगञ्ज – १२ का २८, २९ वर्षिय पुरुष, सर्लाही, रामनगर -४ निवासी १८ वर्षिय महिला र चितवन गढौली- १ का २५ वर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारले जानकारी दिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दाङका कोरोना संक्रमित पुरुष टिचिङ अस्पतालमा कार्यरत

काठमाडौं । दाङका कोरोना संक्रमितमध्ये  एक पुरुष टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । शुक्रबार पहिलोपटक दाङका तीनजनामा कोरोना संक्रमित पुष्टि भएका थियाे जसमा ३४ वर्षिय पुरूष काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत रहेको खुलेको हाे । तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको सो उपमहानगरपालिकाको मेयर घनश्याम पाण्डेले सामाजिक संजालमार्फत जानकारी दिए । अस्पतालमा बिरामीको उपचार गर्ने क्रममा उनका संक्रमण भएको हुन सक्ने अनुमान गरिएकाे छ । टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित अन्य मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टि भएको थियो । त्यस्तै अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । कृष्णनगरको क्वारेन्टाइनमा बसेका उनीसहित बिहीबार ९१ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण भएको थियो । जसमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य ८९ जनाको नेगेटिभ देखिएको सो प्रतिष्ठानले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने ३६ जना उपचार पछि घर फर्किएका छन् ।