२४ घण्टामा छ सय ७१ मा देखियाे कोरोना, अहिलेसम्मकै उच्च

काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ६ सय ७१ मा काेराेना संक्रमण देखिएको छ । याे हालसम्मकै उच्च ह ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ६  सय ७१ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ८६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ५५ हजार ५ सय १८ काे पिसिआर विधि र २ लाख ४३ हजारकाे ७५ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ?  हाल देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जना आईसाेलेसनमा रहेका छन् ।

पोखरामा महिलाका लागि छुट्टै क्वारेन्टिन

चिप्लेढुङ्गा । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो । लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नं ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले उक्त अस्पताल निरीक्षण गरेका थिए । क्वारेन्टिन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि श्यया तयार गर्न निर्देशन दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिए । उनले भने, “भारतबाट आठ महिला पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुलाई राख्नुपर्छ ।” महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टिन बनाइने उनको भनाइ थियो । उनका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ । रासस

म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्नँ: प्रधानमन्त्री

काठमाडाैं । प्रधामन्त्री केपी शर्मा अ‍ोलीले आफु पनि भष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बाेल्दै साे कुरा बताएका हुन् । उनले यो समयमा कोरोना भाइरसको निदानमा लाग्नु पर्ने अवस्थामा हिसाव माग्नु उचित नभएको बताएका छन् । यस्तो विषम परिस्थिति स्थानीय जनप्रतिनिधिहरुले उल्लेख्य काम गरेको बताउँदै उनले सबैले उनीहरुको प्रशंसा गर्नुपर्ने उनको भनाई छ । सबैले १० अर्बको खर्च मागिरहेका प्रशंग जोड्दै उनले सबैभन्दा बढी खर्च स्थानीय तहले गरेको बताए । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’ ‘यस्तो अवस्थामा कसैले भष्टाचार गर्छ देशकको सम्पत्ति दोहन गर्छ भने उसलाई कडाभन्दा कडा कारबाही हुनछ, म स्पष्ट पार्न चाहन्छु,’ उनले भने । यस्तै,उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।