निर्देशिकामा तोकिएका व्यक्तिको मात्र पीसीआर गर्न मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९)को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न गराउन आग्रह गरेका हुन् । “कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना सङ्कलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना सङ्कलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ”, उनले भने, “यसरी नमूना सङ्कलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ ।” निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
काठमाडाैंमा थपिए ३ काेराेना संक्रमित
काठमाडाैं । काठमाडाैंमा पछिल्लाे २४ घण्टामा ३ जना काेराेनाभाईरस (काेभिड-१९) संक्रमित थपिएका छन् । काेभिड-१९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ३ जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले काठमाडौंमा २ महिला र १ जना पुरुषमा काेराेना संक्रमण भेटिएको बताएका हुन् ।
नेपालमा थप ४ सय २६ मा देखियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ८२ सय नाघ्याे
काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ४ सय २६ मा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय २६ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १४ सय ०२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ६१ हजार ७ सय ४९ काे पिसिआर विधि र २ लाख ४७ हजारकाे ८ सय ७४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ८ सय ५० जना आईसाेलेसनमा रहेका छन् ।