स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना
काठमाडाैं । साेमबार विहान स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना भाइरसकाे पुष्टि भएको छ । स्याङ्जामा १२ जना र पूर्वी नवलपरासीमा ८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ५ सय ४० पुगेकाे छ । स्याङजा कालीगण्डकी गाउँपालिका २ पुरुष, अर्जुनचौपारी गाउँपालिकाका २ महिला र ८ पुरुषमा र पूर्वी नवलपरसी बौदिकाली गाउँपालिकाका निवासी ८ पुरुषमा कोरोनामा पोजेटिभ देखिएको हो । संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाकाे अस्पतालमा ल्याउने तयारी भइरहेकाे जानकारी दिँदै डा.शर्माले उनीहरू भारतबाट फर्किएका बताएका छन् ।
संसारभर कोरोना निको हुनेको संख्या ५० लाख नजिक
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ३८ हजार ७ सय ९६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६९ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ भने ४८ लाख ३३ हजार ५ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ५६ हजार ६ सय ४५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख २६ हजार ९ सय १० पुगेको छ भने अहिलेसम्म १३ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९ हजार २६ जना संक्रमित भएका छन् भने २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ७ सय ७२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
कोरोना संक्रमणबाट नेपालमा २३ औं व्यक्तिकाे निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको निधन भएको छ । निधन हुनेमा गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष रहेका छन् । उनी प्यारालाइसिसको बिरामी भएको र उपचारका क्रममा भारत गएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गत २५ जेठमा भारतबाट नेपाल आएका उनी होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । उनको ५ असारमा निधन भएको र ६ गते उनमा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३ पुगेको छ जसमा चार महिला र १९ जना पुरुष रहेका छन् ।