कोरोना संक्रमित प्रहरीको संख्या ३ सय ६९ पुग्याे, १४९ ‘डिस्चार्ज’
काठमाडाैं । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् । आइतबारसम्म नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना सङ्क्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।
उपत्यकामै २१ प्रतिशतले लगाउँदैनन् मास्क
काठमाडौं । काठमाडाैं उपत्यकामै २१.१ प्रतिशत मानिसहरुले मास्क नलाउने गरेकाे पाइएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उपत्यकामा गरेको सर्वेक्षणमा २१.१ प्रतिशतले मास्क नलगाउने देखाएको हाे उक्त सर्वेक्षण उपत्यकाको विभिन्न २३ वटा सार्वजनिक स्थल तरकारी बजार, बैक, सरकारी तथा निजि अस्पताल, सपिङ मलमा गरेकाे सर्वेक्षणमा साे नतिजा आएकाे हाे । ४५ सय २ जनामा गरेको सर्वेक्षण मात्र ७२.२ ले मास्क लगाएको पाइएको सर्वेक्षणले देखाएको छ । सर्वक्षमा ४६ जना तालिम प्राप्त व्यक्ति र ६ जनाको विज्ञ टोली खटेका थिए । मास्क लगाउनेमा पनि कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत रहेकाे परिषद्का सदस्य सचिव प्रदिप ज्ञवालीले बताए । यस्तै, सार्वजनिक स्थलमा जम्म २७ सय ३ जनामा गरिएको सर्वेक्षणमा सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको छ । मास्कलाई नाक मुनी, चिउँडाेमा लाउने, हातमा राख्ने र सही तरिकाले नलगाउनेको संख्या २७.३४ प्रतिशत रहेको पाइएकाे छ ।
आइतबार काठमाडाैं उपत्यकामा ९२ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ९० र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९१२ ललितपुरमा १३९ र भक्तपुरमा ८५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११२८ पुगेको छ । शनिबार देशभर ३८० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।