बन्दाबन्दीमा ६ अर्ब रूपैयाँको औषधि आयात

काठमाडाैं । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा छ अर्ब रूपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार रूपैयाँ बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा चार अर्ब ५७ करोड २९ लाख ९३ हजार रूपैयाँ बराबरको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ । उनका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो हप्तादेखि दशौं हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्कानुसार पाँचौँ हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात दशौँ हप्ताको तुलनामा एघारौँ हप्तामा दोब्बर भएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौँ हप्तामा आयातमा वृद्धि भएको थियो । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौं उपत्यकामा तीन हजार ८९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ । ती मध्येमा धान बोकेका ७०, मकै बोकेका ३९२, चामलका ६६४, गहुँका १४७, मैदाका १५१, चिनीका १०१, नुनका ३१, दालका १०५, अण्डाका १३५, कुखुराका १६७, फलफूलका ४२०, दूधका २७६, औषधिका २०९, घ्यूतेलका १९२, अक्सिजनका नौ र तरकारीका ८२१ ट्रक उपत्यका प्रवेश गरेका थिए । रासस

काठमाडाैंमा ६ जना काेराेना संक्रमित थपिए

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको बताएका हुन् । काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको हो।  

२४ घण्टामा छ सय ७१ मा देखियाे कोरोना, अहिलेसम्मकै उच्च

काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ६ सय ७१ मा काेराेना संक्रमण देखिएको छ । याे हालसम्मकै उच्च ह ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ६  सय ७१ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ८६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ५५ हजार ५ सय १८ काे पिसिआर विधि र २ लाख ४३ हजारकाे ७५ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ?  हाल देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जना आईसाेलेसनमा रहेका छन् ।