पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ढकालले यस्तो जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’
नेपालमा एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण, हालसम्मकै बढी
काठमाडौं । कोरोना भाइरसकोे संक्रमण झन तीव्र रुपमा फैलिएको छ । आज मात्रै देशभर ७ हजार २११ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै मात्रै ३ हजार छ सय ९५ जनामा कोरोना देखिएके छ । आज देशभर २९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ भने सकृिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । यस्तै आज १६१२ जना निको भएसँगैं हालसम्म २ लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किसकेका छन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७ जनाको मृत्यु भएको छ ।
उपत्यकामा आइतबार ३५ सय बढीमा काेराेना संक्रमण पुष्टि
काठमाडाैं । उपत्यकामा आइतबार ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे अनुसार आज काठमाडाैं जिल्लामा २७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा संक्रमण पुष्टि भएकाे हाे । आज उपत्यकामा देखिएकाे काेभिड संक्रमितकाे संख्या पुरा नेपालमा देखिएकाे संक्रमितकाे ४९ प्रतिशत हाे । नेपालभर आज ७ हजार २११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।