आइएमई जनरल र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यास लेस सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित (क्यास लेस)सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रवन्धक पवन थापा र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । साथै, सोही अवसरमा थापाले ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । त्यस्तै, ग्राहकहरुले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
किस्ट शिक्षण अस्पतालद्धारा लुभुको प्राथमिक स्वास्थ केन्द्रमा दन्त परीक्षण शुरु
ललितपुर । किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक स्वास्थ केन्द्रमा बिहीबार(आज)बाट दन्त परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । किस्ट शिक्षण अस्पतालका अध्यक्ष आशिष थापा तथा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयुक्त रूपमा स्वास्थ केन्द्रमा रिबन काटी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा मेयर श्रेष्ठले यो नगरपालिकामा हालदन्त सेवा सुचारू गरी सहज सेवा पुर्याउने लक्ष्य लिएको किस्ट अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् । किस्ट अस्पतालले निकट भविष्यमा नै महिला-स्वास्थ्य, बालबालिका, हाडजोर्नी, औषधोपचार लगायत विभिन्न स्वास्थ शिविरहरू सुरुवात गर्ने नीति लिएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।
नर्सको लाइसेन्स खुल्यो, असार ९ गते परीक्षा
काठमाडौँ । तपाई नर्सको अनुमतिपत्र (लाइसेन्स) लिन चाहानु भएको छ ? लामो सयमदेखि लाइसेन्स लिने प्रतिक्षामा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस नेपाल नर्सिङ परिषदले नर्सको लाइसेन्स खुलाएको छ । परिषदले आउदो असार ९ गते नर्सको लाइसेन्सका लागि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षामा संलग्न हुने विद्यार्थीले प्रविणता प्रमाणपत्र (पीसीएल) र बीएस्सी नर्सिङ तह उतिर्ण हुनुपर्ने परिषदले जनाएको छ । परिषदले अनलाइनबाट फारम लिने भएको छ । अनलाईनबाट जेठ १ देखि ३० र दोब्बर दस्तर दिएर असार ४ गतेसम्म लाइसेन्स परीक्षाका लागि फारम खुलाएको हो । परीक्षा शुल्क नेपालीका लागि १ हजार ६००, विदेशीका लागि २ हजार ६०० रुपैयाँ तोकिएको परिषदले जनाएको छ । परिषद्ले तोकेको स्थानमा परीक्षा सञ्चालन हुने छ । नेपाल नर्सिङ परिषद्को परीक्षा समितिले आवश्यक ठानेमा परीक्षार्थीसँग अन्तर्वाता लिन पनि सक्ने छ ।