कर्णाली प्रदेशले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई १ लाख राहत दिने

<p>कर्णाली । प्रदेश सरकारको मन्त्रिपरिष्द बैठकले काेराेनाकाे कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई एक लाख राहत दिने निर्णय गरेकाे छ । बैठकले सामाजिक विकास मन्त्रालय समेतसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई कोभिड रोगका कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई प्रति मृतक एक लाखका दरले प्रदेश विपद् कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे । यस्तै [&hellip;]</p>

कर्णाली । प्रदेश सरकारको मन्त्रिपरिष्द बैठकले काेराेनाकाे कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई एक लाख राहत दिने निर्णय गरेकाे छ ।

बैठकले सामाजिक विकास मन्त्रालय समेतसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई कोभिड रोगका कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई प्रति मृतक एक लाखका दरले प्रदेश विपद् कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

यस्तै बैठकले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट पनि प्रदान गर्ने भएको छ ।

Share News