काठमाडौं । कोरोना भाइरसकोे संक्रमण झन तीव्र रुपमा फैलिएको छ । आज मात्रै देशभर ७ हजार २११ जनालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्रै मात्रै ३ हजार छ सय ९५ जनामा कोरोना देखिएके छ । आज देशभर २९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ भने सकृिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ ।
यस्तै आज १६१२ जना निको भएसँगैं हालसम्म २ लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किसकेका छन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७ जनाको मृत्यु भएको छ ।