पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ढकालले यस्तो जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ढकालले यस्तो जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’

Share News