नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैनः मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड-१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरेका हुन् । अहिले नेपालमा कोभिड-१९ को भेरियन्ट अफ कन्र्सनभित्र परेका ‘अल्फा (B.1.1.7)’ र ‘डेल्टा (B.1.617.2)’ मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड-१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) मात्र सक्रिय रहेको उनले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सनभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ । “जनस्वास्थ्यका विषयमा स्वास्थ्य मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नदिई त्यस किसिमको भ्रमक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई मन्त्रालय जिम्मेवार बन्न सचेत गराउँछ”, मन्त्रालयका प्रवक्ता डा। पौडेलले जारी गरेका विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सवैलाई अपिल गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ । सङ्गठनले नेपालमा रहेका भेरियन्टहरू अल्फा(B.1.1.7), डेल्टा(B.1.617.2) र काप्पा (B.1.617.1) हुन् र यीमध्ये अहिले डेल्टा सक्रिय रहेको भेरियन्ट रहेको जनाएको छ । रासस
रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रबाट जाच पास
काठमाडाैं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो । ग्लोबलकी टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो । उत्कृष्ट ब्राण्डमध्ये काइया जेडवाई-५सीए ५ लिटर १७.८ के.जी, क्यूजे-जेडवाई१०एलए १० लिटर ३६ के जी र करेर ब्राण्डको ५ लिटरको सीआर-एफ५एसडब्लु, सीआर-पी५डब्लू अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाच पास भएको २ बर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैंयादेखि १ लाख ८८ हजारसम्ममा उपलब्ध हुने छन् । नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एन जी ओ , आई एन जी ओ, अस्पताल, बैंक,फाईनानस्, को अप्रेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ । पल्स अक्सीमिटर, मास्क, सेनिटाईजर, पीपीई सेट, लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुने छ । एनआईसी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
उद्योग वाणिज्य महासंघको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड-१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड-१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड-१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घले सो केन्द्रको स्थापना गरेको थियो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख २३ गते बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैनभवन, क्षेत्रपाटी र पुलचोकमा आइसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो । सहायता केन्द्रअन्तर्गत कोभिड सङ्क्रमण भई घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदुरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो । यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आइसोलेशन सेन्टर र केन्द्रहरुमा चौबीसै घण्टा उपलब्ध रहेका छन् । साथै आइसोलेसनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका सङ्क्रमितलाई आइसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकतानुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी अउपलब्ध गराइएको सेवाबाट अहिलेसम्म ३०० भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासङ्घले जनाएको छ । त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजीरूपमा क्षेत्रपाटीस्थित आइसोलेशन केन्द्रमा ३० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनुभएको र त्यसबाट ५० जनाभन्दा बढी सङ्क्रमित लाभाविन्वत भएका पनि महासङ्घले जनाएको छ । सङ्क्रमितहरु आफैँ पनि ती आइसोलेशन सेन्टरमा आउन सक्ने तथा आवश्यकतानुसार काठमाडौं बाहिर तथा उपत्यकाबाट नै आवश्यकतानुसार हवाई तथा एम्बुलेन्स सेवा उपलब्ध गराई ती सहायता केन्द्रमा सङ्क्रमितलाई ल्याउने प्रबन्ध गरिएको थियो । मुलुक सङ्कटमा पर्दा महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको मनन् गरी विगतमा पनि यस्ता विपद्को समयमा सहयोग गर्दै आएको र यसपटक पनि देश महामारीको सङ्कटमा परेका बेला आफ्नो सोही दायित्वबोध गरेर सेवा शुरु गरिएको संयोजक ढकालले बताए । उनले भने, “देशमा कोरोनाको दोस्रो लहरको सङ्कट शुरु हुन थालेपछि यो विपद्को घडीमा हामीले के गर्न सक्छौं भनेर तत्कालै भर्चुअल बैठक बस्यौँ र महासङ्घका अध्यक्ष शेखर गोल्छाको अगुवाइमा हामीले यो सहायता केन्द्रको स्थापना गरी उहाँको आग्रहबमोजिम मैले समन्वय गर्दै आएको छु र अहिलेसम्म यो स्वास्थ्य सहायता जारी नै छ ।” मुलुकको निजी क्षेत्रले देश सङ्कटमा परेका बेला गरेको यो सानो अग्रसरता हो भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले यो सहायता केन्द्रबाट धेरै नागरिक लाभान्वित हुने त छँदैछ अस्पतालमा पुग्ने नागरिकको चापलाई कम गर्न पनि सहयोग पु¥याएको महसुुस आफूहरुले गरेको जानकारी दिए । कोभिड महामारीमा हालका लागि अत्यावश्यक देखिएका विभिन्न छवटा सहयोगका क्षेत्रहरुको पहिचान गरी महासङ्घका सदस्यहरुमध्येबाट प्रायः ती क्षेत्रमा अनुभव रहेका फोकल पर्सनहरु तोकेर सहयोगका कार्यक्रम अघि बढाइएको पनि संयोजक ढकालले जानकारी दिए । सोअनुसार अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई.देशबन्धु वस्नेत, उद्योग समिति सदस्य बाबुकाजी कार्की र स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल र सदस्य डा केयुर गौतम अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ तथा महासङ्घका उपाध्यक्ष रामचन्द्र साङ्घाई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति आइसोलेशन केन्द्र निर्माणतर्फ रहेको छ । त्यसैगरी व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्यद्धय हेमराज ढकाल र रञ्जितराज आचार्य तथा पूर्व कार्यकारिणी समिति सदस्य रविन श्रेष्ठ औषधि र मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरु प्रवलजङ्ग पाण्डे, भक्तबहादुर हमाल रहेका छन् । त्यस्तै होटल तथा हवाई उड्डयन व्यवस्थापनतर्फ कार्यकारिणी सदस्य ज्योत्सना श्रेष्ठ र पर्यटन र हवाई यातायात समितिका सदस्य विनोद सापकोटाको समन्वयमा काम भइरहेको महासङ्घले जनाएको छ । महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट सङ्क्रमित बिरामी, तिनका परिवार र आफन्तहरुसहित धेरैलाई राहत पुगेको छ । केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड सङ्क्रमण भएका डेढ वर्ष उमेरदेखि १०२ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सहयोग पुगेको महासङ्घले जनाएको छ । केन्द्रले कोभिड सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई आइसीयू तथा भेन्टिलेटर र अत्यावश्यक औषधि उपलब्ध गराइरहेको छ । आइसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि सदस्यद्वय देशबन्धु रेग्मी र बाबुकाजी कार्कीले समन्वय गरेर अस्पतालमा शय्याको व्यवस्थापन गरेका थिए । त्यसैगरी प्लाजमा खोजि गरिरहेका, होम आइसोलेशनमा डाक्टरको सल्लाह खोजिरहेका, अक्सिजन भर्न समस्यामा परेका, अस्पताल जान एम्बुलेन्स नपाएका, तथा बाहिर जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टर सेवा उपलब्ध गराउनुका सथै अन्य आवश्यक सहयोगको लागि सहजीकरण गरिएको छ । यस केन्द्रले हालसम्म अस्पतालमा भेन्टिलेटर र आइसीयू, अक्सिजन, अस्पताल शय्या, प्लाज्मा, रेमडेसिभर औषधि लगायतका अत्यावश्यक सेवा र औषधि तीन सय जनाभन्दा बढीलाई उपलब्ध गराएको छ । रासस