थप ८ हजार ६६३ जनाले जिते कोरोना, दोश्रो खोप लगाउनेको संख्या ७ लाख नजिक

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना कारोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा ४ लाख ७६ हजार १३० जना संक्रमित कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । जुन कुल संक्रमितमध्ये ८१.९ प्रतिशत निको भएको छन् । नेपालमा हालसम्म ५ लाख ८१ हजार ५६० जनामा पोजेटिभ केशहरु भटिएको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना कारोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा ४ लाख ७६ हजार १३० जना संक्रमित कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जुन कुल संक्रमितमध्ये ८१.९ प्रतिशत निको भएको छन् । नेपालमा हालसम्म ५ लाख ८१ हजार ५६० जनामा पोजेटिभ केशहरु भटिएको छ ।
मन्त्रायलयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ६५६ जनामा कोरोना पुष्टि भएको छ । कुल २० हजार ८१३ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०१ जना संक्रमितको भने मृत्यु भएको छ ।

साथै, हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ६ लाख ९१ हजार १८७ जनाले दोश्रो मात्राको खोप लगाई सकेका मन्त्रालयले जनाएको छ ।

Share News