शनिबार ३ हजार १०६ जना नयाँ संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९ हजार २६३ पीसीआर र ४ हजार २५६ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा २ हजार २८० र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो । यस्तै शनिबार थप २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
डाक्टर तथा नर्सले बिरामीको छाती किन थिच्छन् ?
कुनै न कुनै माध्यमबाट धेरै जानाले मुखमा मुख वा अक्सिजन मास्क वा शरीरमा अन्य उपकरण लगाएर छाती थिच्दै गरेको प्रकृया त देखेकै हुन्छ । यसलाई मेडिकल भाषामा कार्डियोपल्मोनरी रिसस्सियसन (सीपीआरण भनिन्छ । स्वास्थ्यकर्मी र आपातकालीन प्रतिक्रिया समूहले यसको तालिम लिएका हुन्छन् भने धेरै सर्वसाधारणले चलचित्र, सामाजिक सञ्जाल वा अरु कसैबाट यसको बारे केही थाहाँ पाएका हुन्छन् । तर कति व्यक्तिलाई भने यसको बारेमा केही ज्ञान हुँदैन र त्यस्ता व्यक्तिहरुलाई अज्ञानताका कारणले यो जीवन पुनरुत्थान गर्न सक्ने प्रक्रिया प्रति भ्रम हुन्छ । आउनुहोस् आज म तपाईंलाई यस विधिको बारेमा बताउँछु- सीपीआर भनेको के हो ? सीपीआर भनेको साधारण भाषामा मुटु(कार्डियो),फोक्सो(पल्मोनरी) पुनरुत्थान हो जुन एक जीवन समर्थन ९लाइफ सर्पोर्ट० को प्रकृया हो । मानव मुटु वा स्वाँस बन्द भएको खण्डमा उच्च गुणस्तर रूपमा तत्कालै सुरु गरेर जीवन बचाउन सकिने यो प्रक्रिया विज्ञान को चमत्कार हो । यो कसरी गर्ने भनेर गाइडलाइनसहरु छन् जसमध्ये अमेरिकन हार्ट एशोसिएसन वा युरोपियन गाइडलाइनसलाई आधार मानेर यो प्रक्रिया गरिन्छ । विशेष आधारभूत कुरा भनेको यसमा नियम बमोजिम श्रृङ्खलाबद्ध रूपमा प्रक्रिया मिलाएर छाती दबाउनु पर्ने र स्वाँस दिनुपर्ने हुन्छ। आपातकालीन प्रतिक्रिया दिने व्यक्ति एक जाना हुँदा ३०ः२ को अनुपातमा र दुई जना हुँदा १५:२ को अनुपातमा गरिन्छ भने अस्पतालमा भएको खण्डमा त्यही प्रक्रिया सँगसँगै अस्पतालका उपकरणहरु जस्तै अक्सिजन, ईसीजी, डिफाइब्रिलेटर, भेन्टिलेटर, औषधि र अन्य थुप्रै उपकरणहरुको सहयोगमा विशेष तालिम लिएका डाक्टर र नर्सद्वारा यो अझै प्रभावकारी रूपमा गरिन्छ । यो कस्तो अवस्थामा गरिन्छ ? कुनै पनि कारणले कोही व्यक्ति अचेत भई रहेको र उसको स्वाँस र नाडी नचलेको अवस्था छ भने यो तत्कालीन रूपमा गरिन्छ । वयस्क उमेरमा धेरै जस्तो मुटुको समस्याले अचेत हुने हुन्छ भने बालबालिकामा धेरै जसो फोक्सोको कारणले हुन्छ । पुनरुत्थान न गर्ने (डीएनआर) भनेर व्यक्तिले वा संग्रक्षकले निर्णय दिएको छ भने यो प्रक्रिया त्यस्ता व्यक्तिमा गरिँदैन । यसका प्रकारहरु के के हुन् ? १० आधारभूत जीवन समर्थन (बेसिक लाइफ सपोर्ट) अन्तर्गतको सीपीआरस् यो आपातकालीन अवस्था जहाँ सृजना भएको छ, त्यही ट्रेनिंग लिएको वा यसको राम्रो ज्ञान भएको व्यक्तिद्वारा अरु नजिक भएका ट्रेनिंग लिएका वा नलिएका कोई व्यक्तिको सहयोगमा गरिन्छ। सँगसँगै एम्बुलेन्स वा अस्पताललाई पनि खबर गरिन्छ । यो समयमै सुरु गर्नसके विशेष प्रभावकारी हुन्छ । र यो प्राथमिक उपचार हो जुन जसले पनि सिकेर गर्न सक्छ । २० उच्च जीवन समर्थन (एड्भान्स लाइफ सपोर्ट) अन्तर्गतको सीपीआरस् यो अस्पतालमा गरिन्छ । यो विशेष तालिम लिएका डाक्टर वा नर्सले एकअर्काको सहयोग सँगसँगै अस्पतालका उपकरण र औषधिहरु को सहयोगमा गरिन्छ । यो अस्पताल लागिसकेपछि वा अस्पतालमा सीपीआर गरिनुपर्ने अवस्था सृजना भएको छ भने गरिन्छ । सीपीआरको उद्देश्य के हो ? यसको उद्देश्य तत्काल नै मुटु र स्वाँस चल्छ भनेर गरिने भने हैन । यसको उद्देश्य भनेको आंशिक रूपमा भएपनि अक्सिजन भएको रगत मस्तिष्क र मुटुमा पुर्याउनु हो, जसले गर्दा शरीरको तन्तुरकोशिका मर्न पाउँदैन र पुनरुत्थान गर्ने उच्च प्रक्रिया गरेर बचाउन सकियो भने पनि मस्तिष्कमा दीर्घकालीन असर हुँदैन । यसका फाइदा र बेफाइदा के के हुन् ? यसको चमत्कार भनेकै यो समयमा सुरु भयो र गुणस्तरिय रूपमा गर्न सकियो भने जीवन बचाउने कोशिशमा सफल हुने सम्भावना हुन्छ। सँगसँगै गुणस्तरीय सीपीआरले दीर्घकालीन रूपमा मस्तिष्क र अन्य अंगमा हुन सक्ने क्षतिबाट पनि बचाउन सक्छ । र जुन कारणले मुटु नचलेको थियो त्यसको निदान गरेर उपचार गर्न सकिन्छ । यसका बेफाइदा भनेको छातीमा दबाब दिएर थिचेको हुँदा करङ्ग भाँचिन सक्ने, आन्तरिक रक्तस्राव हुन सक्ने, फोक्सोमा र दिमागमा असर हुन सक्ने सम्भावना हुन्छ । मुख र श्वासप्रश्वासबाट सर्ने रोगहरू सर्न सक्छ । यो प्रकृया गरेर ज्यान बचिहाल्छ भन्ने पनि त हुन्न ,यो एउटा कोसिस् हो, यो भित्र धेरै कारकहरूले भूमिका खेलेको हुन्छ । यो प्रतिको भ्रम र यथार्थ सीपीआरप्रति हाम्रो समाजमा थुप्रै भ्रमहरु छन् जस्तैः १. डाक्टररनर्सले छाती किन थिचेको होला, त्यही कारणले त ज्यान गएको हैन रु २. मरिसकेको मान्छेलाई बचाउन खोजे जस्तो नाटक पारेका त हैनन् रु ३. डाक्टर र नर्सले बिरामी माथि पुस अप गरे ९एक पटक यस्तोसम्म पनि भ्रम सुनियो० तर यथार्थमा यो छाती थिच्ने अनि स्वाँस दिने प्रक्रिया निःस्वार्थ पूर्वक आफ्नु सारा शक्ति दिएर केवल मानव जीवन बचाउन गरीने एउटा वैज्ञानिक तरिका हो । (डा. भण्डारी बाल रोग विशेषज्ञ हुन् )
नेपालमा असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने
काठमाडाैं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ । उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए । मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् । मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उनले जानकारी दिए । यस्तै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ सरकारी र ७७८ निजीमा थपिएको छ । यस्तै एक हजार ४०० एचडियु थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटर ९०४ रहेको र थप १८० थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि १८० भेन्टिलेटरसहित २५० सघन उपचार कक्ष (आइसियु) शय्या थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ । मन्त्रालयले कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ ।