काठमाडौं । ललितपुरमा भोली बैंक तथा वित्तिय संस्थाका कर्मचारी,यातायात मजदुर, व्यवसायी र विदेश जानेलाई खोप लगाइने भएको छ । यि चार क्षेत्रका मानिसहरुलाई ललितपुरमा भोली जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको हो ।
ललितपुरमा कार्यलय भएको बैंक तथा वित्तिय संस्था तथा सहकारी संस्थाका कर्मचारीले यो खोप पाउनेछन् । यस्तै सार्वजनिक यातयातका चालक तथा सह-चालकले र विदेश जाने व्यक्तिहरुले पनि यो खोप पाउनेछन् ।
साथसाथै ललितपुर उद्योग वाणिज्य सङ्घको सदस्यहरुले पनि यो खोप पाउने भएका छन् । यसको लागि इच्छुक व्यक्तिले आइतबार(आज) अपराह्न ३ः०० बजेभित्र सङ्घको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नुपर्नेछ ।
यो खोप जावलाखेल चोक, पाटनढोकास्थित पाटन माविर सातदोबाटोमा रहेको महेन्द्र आर्दश माविको खोप केन्द्रबाट दिइने महानगरले जनाएको छ ।
यस खोप एक डोज मात्र लगाए पुग्छ ।