कुमारी बैंक लिमिटेडद्धारा निःशुल्क एन्टिजन् टेस्ट क्याम्पको आयोजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई केन्द्रित गर्दै काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको हो । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो । आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
नर्भिकमा शनिबार सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टको फ्री ओपिडी हुने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने भोलि(शनिवार) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन हुने भएको छ । नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ । नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि(शनिवार) डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने बताइएको छ ।
कर्मचारी संचय कोषका प्रमुख गौतमलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश
काठमाडाैं । सर्वाेच्चले कर्मचारी संचय काेषका प्रमुख तुलसी गाैतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । गौतमलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । गौतमले आफूलाई हटाउने निर्णयविरुद्ध भदाै ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए । कर्मचारी संचय कोष ऐनमा संचयकर्ता नभएको व्यक्ति कोषको प्रशासक हुन नपाउने व्यवस्था भएकोले गौतमलाई हट्नु भनिएको थियाे । २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य रहेका उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कानून विपरित कोषको प्रमुख प्रशासकमा निरन्तरता दिएका थिए । गाैतम हिमालयन बैंककाे अध्यक्ष पनि हुन् । कोषबाट बैंककाे संचालक समितिमा प्रतिनिधित्व गरेका गौतम बैंकको अध्यक्ष बनेका थिए ।