काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार परीक्षण गरेका कुल ७ हजार ९७१ जनामा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार १७० जनाको पिसिआर र २ हजार ८०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै कोरोना संक्रमणबाट थप १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ८३८ पुगेको छ ।