कर्मचारी संचय कोषका प्रमुख गौतमलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश

<p>काठमाडाैं । सर्वाेच्चले कर्मचारी संचय काेषका प्रमुख तुलसी गाैतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । गौतमलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । गौतमले आफूलाई हटाउने निर्णयविरुद्ध भदाै ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए । कर्मचारी संचय कोष ऐनमा संचयकर्ता नभएको व्यक्ति कोषको प्रशासक हुन नपाउने व्यवस्था भएकोले गौतमलाई हट्नु भनिएको [&hellip;]</p>

काठमाडाैं । सर्वाेच्चले कर्मचारी संचय काेषका प्रमुख तुलसी गाैतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।

गौतमलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । गौतमले आफूलाई हटाउने निर्णयविरुद्ध भदाै ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

कर्मचारी संचय कोष ऐनमा संचयकर्ता नभएको व्यक्ति कोषको प्रशासक हुन नपाउने व्यवस्था भएकोले गौतमलाई हट्नु भनिएको थियाे ।

२०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य रहेका उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कानून विपरित कोषको प्रमुख प्रशासकमा निरन्तरता दिएका थिए ।

गाैतम हिमालयन बैंककाे अध्यक्ष पनि हुन् । कोषबाट बैंककाे संचालक समितिमा प्रतिनिधित्व गरेका गौतम बैंकको अध्यक्ष बनेका थिए ।

Share News