७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार १३ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पिसिआर मार्फत सात लाख ८४ हजार ५६६ र एन्टिजेन मार्फत ८८ हजार ९६८ रहेको छ । पछिल्लो समय थप एक हजार ११३ जना निको भएका छन् । यस्तै आज यसकाे कारण १३ जनाले ज्यान गुमाएकाे छन् । हालसम्म काेराेनाभाइरसकाे कारण ११ हजार ४० जनाकाे मृत्यु भइसकेकाे छ ।

भगवती उच्च माध्यामिक विद्यालयमा मनोपरामर्श कक्षको उद्घाटन

काठमाडौं । शंखरापुर नगरपालिकाको श्रि भगवती उच्च माध्यामिक विद्यालयमा मनोपरामर्श कक्षको उद्घाटन भएको छ । नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उक्त मनोपरमार्श कक्षको उद्घाटन गरेका हुन् । सम्भाव्य फाउण्डेसनले विद्यालयमा मनोपर्श कक्ष बनाएको हो । साँखुमा रहेको यस विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीहरु अध्यन गर्दछन् । राम्रो शिक्षाको साथै विद्यार्थीहरुको मानसिक स्वास्थ्य पनि राम्रो हुने जरुरी भएकोले विद्यालयमा मनोपरामर्श कक्ष बनाइएको विद्यालयका प्रध्यानाध्यापक अनुप श्रेष्ठले बताए । उनले यसमा सहयोग गरेको भन्दै सम्भाव्य फाउण्डेसनलाई धन्यवाद पनि दिए । मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ । यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलोपटक दुई सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ । फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ ।

थप एक हजार बढी जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ९१० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ । पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ । निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा २३ हजार ६३६ जना होमआइसोलेशन, एक हजार ४४६ संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३८९ आइसीयू र १२१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ । थप १६ को मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७० हजार ३१७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।