७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

<p>काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार १३ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पिसिआर मार्फत सात लाख ८४ हजार ५६६ र एन्टिजेन मार्फत ८८ [&hellip;]</p>

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार १३ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पिसिआर मार्फत सात लाख ८४ हजार ५६६ र एन्टिजेन मार्फत ८८ हजार ९६८ रहेको छ । पछिल्लो समय थप एक हजार ११३ जना निको भएका छन् ।

यस्तै आज यसकाे कारण १३ जनाले ज्यान गुमाएकाे छन् । हालसम्म काेराेनाभाइरसकाे कारण ११ हजार ४० जनाकाे मृत्यु भइसकेकाे छ ।

Share News