‘रिसाउँदा पनि हुन्छ हृदयघात’

चितवन । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन् । उनले भने, ‘चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ ।’ सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन । स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनी बताउँछन् । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनी बताउँछन् । ‘पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ’, उनले भने, ‘युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।’ ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उहाँ बताउँछन् । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउँछन् । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ । उनले भने, ‘कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ’, उनले भने, ‘रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।’ रिसाहा व्यक्तिलाई धेरै समस्या अउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्माेन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।’ चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउँछन् । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उनले भने, ‘मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।’ विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ । नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उनले बताए । मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ । मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो । उनले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने बताए । उनका अनुसार शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिए । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।’ उनले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मध्यपान नगर्न सुझाव दिए । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ । विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन् । यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ । रासस

किन हुन्छ हृदयघात ? यस्ता छन् लक्षण र राेकथाम

मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिकस्तर फरक-फरक हुने हुँदा मृत्युको कारक पनि फरक-फरक हुने गर्छ । संसारभर नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग रहेको छ । मुटुरोगपछि मस्तिष्क घात, श्वास-प्रश्वासको स्रक्रमण, झाडा पखाला, एच.आई.भी. एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारको ६.४ विलियन जनसंख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसंख्या मर्छन् । हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो । जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटुमै सामान्यत रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ । हृदयाघातका लक्षणहरूमा छाति दुख्ने, छाति गह्रुँगो हुने र दुखाई सर्दै छातिबाट सर्दै गएर बङ्गारा, गर्दन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वाँस्वाँ हुने, कमजोरी अथवा रिङ्गटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन् । वास्तवमा यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षणहरू देखा नपर्न सक्छन् । केही मानिसहरूमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुशुप्त हृदयाघात भनिन्छ । हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ । हृदयाघातका प्रचलित उपचारहरूमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधीको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लाष्टि र मुटुको शल्यक्रिया जस्ता प्रक्रियाहरू पर्छन् । एन्जियोग्राफी पश्चात् मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छन् । यी प्रक्रियाहरूमध्ये मुटुका धमनीहरूमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लाष्टि नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोग सम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई क मगर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधी दिइन्छ । क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स-रे लिंदै त्यो क्याथेटरलाई बन्द भएको वा साँधुरिएको धमनीसम्म पु¥याइन्छ । बन्द भएको धमनीको भाग पत्त लगाइसकेपछ क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ । धमनीको बन्द भएको वा साँधुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपन गरिन्छ । स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन्-औषधीरहित धातुको स्टेन्ट-जुन सबैभन्दा सस्तो हुन्छ, अर्को स्टेन्टमा औषधी लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधीका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ । अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन । रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नु पर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाहरूबाट समेत बिरामीलाई जोगाउँदछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पुरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ । तर कहिलेकाँही प्राविधिक रुपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ । ९६ प्रतिशत भन्दा बढी एन्जियोप्लाष्टि प्रक्रियाहरू तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाई (एन्जाइना) कम हुने हुन्छ । तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामीहरू भने पूर्णतया ठीक नहुन पनि सक्छन् ता पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ । मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लाष्टि गर्दाको अवस्थामा बिरामीहरू चाँडै निको हुन्छन् । धेरैजसो बिरामीहरू एन्जियोप्लाष्टि गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामीहरू एन्जियोप्लाष्टि गरेको दोस्रो बिहान फर्कन्छन् । हाम्रो जस्तो गरीबीको रेखामुनी रहेको देशमा जहाँ मेडिकल इन्यूरेन्स लागु गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लाष्टि प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनीहरू साँधुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोल्लाष्टि प्रक्रिया फलदायी नहुन सक्छ । त्यसरी नै खोलिएको धमनी एन्जिलोप्लाष्टि पछि पनि पुनः बन्द हुने वा साँधुरिने सम्भावना रहन्छ । त्यसपछि यहाँलाई धमनी पुनः साँधुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँधुरिएको वा बन्द भएको खण्डमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लाष्टि वा कहिलेकाँही मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ । यदि तपाईं आफै बिरामी हुनुहुन्छ भने एन्जियोप्लाष्टि गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छिनिए हुन्छ । एन्जियोप्लाष्टि गरिसकेपछि पनि तपाईले नियमित रुपमा चिकित्सकको सम्र्पकमा रहने र सल्लाह अनुसार कोपिडग्रेल र एस्पीरिन जस्ता औषधिहरू चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन । त्यसका साथसाथै तपाईंले धू्रमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ साथै बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ । तपाईं मांसहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लो युक्त दुग्घ पदार्थ (चिज, घ्यू) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बढ्लामा दैनिक रुपमा ताजा साजसब्जी र फलफूलमा बृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइज जस्ता पेय पदार्थहरू लिने बानी बसाल्नु पर्छ । भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रुपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनु पर्छ । यादरहोस् शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नुसाथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिंड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूलाठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भ¥याङ्गबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिंडेर जाने बानी गर्नु उपर्युक्त हुन्छ । हृदयाघात भएको बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुनेबेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पुरा छाती गह्रुङ्गो भएको महसूस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने अपच हुने, श्वास फेर्न गा¥हो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, वेचैनी हुने, स्वा स्वा बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षणहरू देखा पर्छन् । जेसुकै भएतापनि यदि तपाईलाई हृदयाघात भएको शंका भएमा तपाईंले तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मि. ग्रा.) बिरामीलाई तत्कालै ख्वाइदिनु पर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानी हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ । ( नर्भिक अस्पतालमा कार्यरत  डा. सिलवाल मुटुरोग विशेषज्ञ हुन्)

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

फुङ्लिङ । ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो । नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताए । कतिपय बरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकामा अहिले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनको भनाइ थियो । ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले ७१ लाख ५० हजारको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिए । अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए । रासस