जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ
काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ । उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।
घाइतेले अस्तव्यस्त सिभिल, बेड नै पाइएन (तस्बिरहरु)
काठमाडौं । जेनजी प्रदर्शनमा सयौं जना प्रदर्शनकारी घाइते भएका छन् । सिभिल अस्पतालमा मात्रै सय बढी घाइते भर्ना भएको जानकारी प्राप्त भएको छ । अस्पतालका अनुसार अहिले घाइतेलाई राख्ने बेड पनि नहुँदा अस्तव्यवस्त भएको छ । अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ ।
जेनजी प्रदर्शन : सिभिल अस्पतालभित्रै फायर
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले सिभिल अस्पतालभित्रै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सिभिल अस्पताल परिसरमै अश्रुग्यास फायर भएको हो ।