स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखामा निर्देशक हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहत रहेका विभिन्न महाशाखा तथा केन्द्रका प्रमुखको जिम्मेवारी फेर गरेको छ । स्वास्थ्यमन्त्रीको रुपमा आएकी मन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार नयाँ तथा केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी हुन् । जस अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा वीर अस्पतालमा कार्यरत डा. मदन कुमार उपाध्ययलाई जिम्मेवारी दिएको छ । यसअघिका निर्देशक डा. विवेकलाल कर्ण निलम्बनमा परेपछि रिक्त पदमा उपाध्यायलाई पठाएको छ । यस्तै देवकोटाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा पठाएको छ । कोशी अस्पतालको निर्देशक डा. रुणा झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत गराएर भन्द्रभाललाई निर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई जिम्मेवारी दिएको छ । मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु, दक्ष जनशक्ति उत्पादन गर्ने
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए । नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ३ गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।
यी कुराले गर्छ मिर्गौलालाई हानी, तुरुन्तै रहनुहोस् टाढा
काठमाडौं । राम्रो स्वास्थ्यको लागि पहिलो कदम भनेको तपाईंको भान्सामा पौष्टिक खाना हुनु हो । धेरै खानेकुराहरू चिनी र सोडियमको लुकेको स्रोत भएकाले तपाईंको फ्रिजमा के राखिएको छ र यसलाई खाँदा शरीरको कलेजो, मिर्गौला र मुटु जस्ता अंगहरूमा कस्तो प्रभाव पर्छ भनेर जान्न महत्त्वपूर्ण छ । अमेरिकाको नेशनल किड्नी फाउन्डेसनको रिपोर्ट अनुसार आजकल मिर्गौलासम्बन्धी रोग बढ्दो छ । यसका दुई प्रमुख कारणहरू मधुमेह र उच्च रक्तचाप हुन् । तर यदि तपाईंले यी रोगहरूलाई नियन्त्रण गर्नुभयो भने मिर्गौला रोगलाई धेरै हदसम्म रोक्न वा ढिलो गर्न सकिन्छ । आउनुहोस यसका लागि हामीले कस्ता खानेकुरा नखाने जानौं। मिर्गौलाको लागि के नखाने ? स्वस्थकर खानेकुरा छनौट गरी चिनी, बोसो, सोडियम र नुनको सेवन नियन्त्रण गर्ने हो भने मृगौला रोगको जोखिम कारकहरूबाट बच्न सकिन्छ । यी परिवर्तनहरूले तपाईंको मृगौलाको प्रतिरक्षालाई बलियो बनाउन सक्छ । सोडाबाट टाढा रहनुहोस् सोडा चिनीले भरिपूर्ण हुन्छ । चिनीले तौल बढाउन सक्छ । धेरै अनुसन्धानहरूले सोडालाई ओस्टियोपोरोसिस, मिर्गौला रोग, मेटाबोलिक सिन्ड्रोम र दाँतको रोगको कारण देखाएका छन् । डाइट सोडामा क्यालोरी कम हुन सक्छ तर यसमा कुनै पोषण हुँदैन । यसमा कृत्रिम गुलियो पदार्थ जस्ता थप पदार्थहरू हुन्छन् । त्यसैले सोडा छोड्नुहोस् र पानी पिउनुहोस् । यदि तपाईंलाई धेरै सादा पानी पिउन समस्या भइरहेको छ भने स्वाद बढाउन ताजा फलफूल वा कागतीको रस पनि मिसाउनु सक्नुहुन्छ । प्रशोधित मासु खतरनाक मिर्गौला स्वस्थ राख्न आफ्नो आहारबाट प्रशोधित मासु हटाउनुहोस् । प्रशोधित मासु सोडियम र नाइट्रेटको स्रोत पनि हुन सक्छ । जसले क्यान्सरको जोखिम पनि बढाउँछ । त्यसैले, ताजा र कम बोसो भएको मासु उत्पादनहरू छनौट गर्नु उपयुक्त हुन्छ । स्वादिष्ट मक्खन स्वस्थकर हुँदैन बजारमा स्वादिष्ट मक्खन स्वास्थ्यका लागि हानिकारक हुन्छन् । बजारका बटरमा कोलेस्ट्रोल, क्यालोरी र स्याचुरेटेड फ्याट प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रायः ट्रान्स फ्याट हुन्छ । त्यसैले घरमै बनाएको शुद्ध घ्यू, बटर वा जैतुनको तेल प्रयोग गर्दा स्वाथ्यका लागि लाभदायक हुन्छ । मेयोनेजबाट टाढा रहनुहोस् स्यान्डविच, बर्गर र फ्राइज जस्ता चीजहरूमा एक चम्चा मेयोनेज थप्दा तिनीहरूको स्वाद बढ्छ । तर के तपाईंलाई थाहा छ केवल एक चम्चा मेयोनेजमा १०३ क्यालोरी हुन्छ । यसमा फ्याट पनि उच्च हुन्छ । मेयोनेज पनि कम क्यालोरी र फ्याट सामग्रीको साथ उपलब्ध हुन्छ । तर यसमा सोडियम र चिनी उच्च हुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ र सलादसँग राम्रोसँग जान्छ । जमेको खाना विश्वभरका धेरै अध्ययनहरूले प्रशोधित खानाले टाइप २ मधुमेहको जोखिम बढाउँछ भन्ने देखाएको छ । जबकि फ्रोजन अर्थात् फ्रोजन पिज्जा, ग्रेभी जस्ता पूर्व–तयार गरिएका वस्तुहरूमा धेरै चिनी, सोडियम र बोसो हुन सक्छ। सबै जमेका खानाहरू एकैनासका नहुने भए तापनि सम्भव भएसम्म ताजा र सम्पूर्ण खाना खानु राम्रो हुन्छ । जमेको खाना छनौट गर्दा पनि, लेबल ध्यानपूर्वक पढ्नुहोस् र कम सोडियम वा सोडियम नभएको जमेको खाना छनौट गर्नुहोस् ।