वात्सल्य नेचुरल आईभीएफको चितवनमा नयाँ क्लिनिक विस्तार
चितवन । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निसन्तान उपचार सेवा प्रदायकले आईतबार एक कार्यक्रममाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालन भएको घोषणा गरेको छ । क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काट्दै गरेका थिए। गुणस्तरीय प्रजनन् उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप यस शाखाको विस्तार भएको र निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा बोल्दै वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले बताए । आफ्नो स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै आएको र आम सेवाग्राहीको विश्वास जित्दै आएको यस क्लिनिकले, नेपालमै सर्वाधिक आईभीएफसफलता, निस्सन्तान उपचारबाट सर्वाधिक स्वस्थ शिशुको जन्म, सर्वाधिक निस्सन्तान विशेषज्ञको टोली, सर्वाधिक निस्सन्तान उपचार शाखा सञ्चालन जस्ता विभिन्न मानकमा आफूलाई अब्बल साबित गर्दै आफूलाई नेपालकै नं. १ आईभीएफ क्लिनिकको रुपमा स्थापित गर्न सफल भएको छ । चितवनमा भर्खरै उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हालक निस्शुल्क आईयूआई प्रदान गरिरहेको छ। यस बाहेक यस क्लिनिकमा प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आईभीएफ, फर्टिलिटी फ्रिजिंग जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिन्छ । वैशाख २९ शुक्रबारको दिन होटेल सिरायचुलीमा आयोजित समारोहमा ‘बाँझपनका प्रभावहरू र पार पाउने तरिकाहरू’ शिर्षकमा प्यानल छलफल पनि गरिएको थियो जसमा प्रतिष्ठित वक्ताहरू थिए जसले बाँझोपन र यसका सामाजिक प्रभाव, उपचार र कानुनी प्रभावहरूका महत्वपूर्ण पक्षहरूलाई सम्बोधन गरे । डा. बिनुमा श्रेष्ठले निसन्तानसँग सम्बन्धित भावनात्मक र चिकित्सा चुनौतिहरू, क्यान्सर रोगले निम्त्याउने विभिन्न प्रजनन् का चुनौती, तिनका मानोवैज्ञानिक असर, क्यान्सर रोगीहरूको लागि प्रजनन जस्ता विषयलाई प्रकाश पारिन् । यस्तै डा. शैलेन्द्र राज अधिकारीले निस्सन्तान सँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक पक्षहरु जस्तै पुरुषहरुले आफ्नो कारणलाई स्वीकार गर्न नसक्ने, डाक्टरसँग खुलेर कुरा राख्न नसक्ने, पारिवारिक र सामाजिक चुनौती र असहज मानसिक अवस्था सिजर्ना हुने, आदि विषयलाई उजागर गर्नु साथै यसको निराकारणका लागि योगा, ध्यान, श्वास प्रश्वास सम्बन्धि व्यायाम आदिमा जोड दिए । सुनिता करमाचार्यले निसन्तानदम्पतीले समाजमा भोग्नुपर्ने चुनौती, यससम्बन्धि फैलिएका सामाजिक भ्रम, उपचारका चुनौती, आर्थिक सक्षमता जस्ता गहन विषयमा आफ्नो मत राखे । पूर्णिमा कार्कीले नेपालमा आईभीएफ र सरोगेसीलाई नियन्त्रित गर्ने कानुनी परिदृश्यको बारेमा अन्तर्दृष्टि प्रदान गरिन्, विद्यमान कानुन र सामाजिक मान्यताहरूबारे छलफल गरिन् । यसबाहेक वात्सल्यका प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारीले आईभीएफ उपचारका प्राविधिक पक्ष, उपचारमा देखिएको हालका विकासहरु, विभिन्न अवस्था जसले बाझोपन निम्त्याउन सक्छ, फ्रिजिंग टेक्नोलोजी जस्ता विभिन्न माह्त्वपूर्ण शिर्षकमा आफ्नो धारणा राखे ।
मनलाई बसमा राख्ने व्यक्ति सफल हुन्छ
शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुन सक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग हो र अध्ययन हो । जीवनलाई सही मार्गमा लगाउने बाटो नै जीवन विज्ञान हो । भनिएको छ कि हामीलाई आवश्यक पर्ने पाँच किसिमका धन हुन्छन् । वित्तीय धनले पैसा र सम्पत्तिको स्वामित्वको कुरा गर्दछ, सामजिक धनमा समाजले दिएको स्थान र लोकप्रियता पर्दछ । समयको धनले केही नयाँ काम गर्ने स्वतन्त्रतालाई इङ्गित गर्दछ । भौतिक धनले अरु केही नभएर स्वास्थ्य र तत्परतालाई इङ्गित गर्दछ र आध्यात्मिक धनले मनको शान्ति तथा स्वयम्को सम्मानलाई जोड दिन्छ । शरीर, मन र आत्मालाई बलियो राख्ने शुद्ध राख्ने र कर्मशील राख्ने कलाबाट नै खुसी र समृद्धि प्राप्त हुने गर्दछ । मूलतः विपश्यनाको १० दिने साधना र जीवन विज्ञानका कक्षाहरुमा सहभागी हुँदा योग गुरु रमेश नेपाल र एलपि भानुसँगको प्रवचन तथा जीवन विज्ञान प्रतिष्ठानद्वारा २०७५ सालमा प्रकाशित पुस्तक “समस्या अनेक समाधान एक नामक पुस्तकको अध्ययनबाट प्राप्त ज्ञानले यो आलेख लेख्न प्रेरित गरेको छ । आफूभित्र समाधान खोज्न सक्षम हुनका लागि पनि योग र ध्यानको सहयोग लिँदा शारिरीक, मानसिक, भावनात्मक तथा आत्मिक स्वास्थ्यका साथै आनन्द प्राप्त हुन जान्छ । व्यक्तिले आन्तरिक यात्रा गर्नका लागि प्रथमत अन्तरमुखी हुन जरुरी हुने र पूर्वीय सभ्यता विभिन्न प्रसङ्गहरुको सहयोगले आत्मिक रुपान्तरणको पथ देखाउने र साधनाको असल प्रभाव सम्बन्धमा पुष्टी गर्ने अभियान जीवन विज्ञानमा रहेको छ । अहंकारबाट ॐकारतिरको यात्रा हामी सबैमा कुनै न कुनै लेभलको इगो छ, अहंकार छ । व्यक्तिमा हुने शक्तिका दुई वर्ग छन् । पहिलो अहंकारको शक्ति र दोस्रो ॐकारको शक्ति । पहिलो वर्गको शक्ति अर्थात अहंकार समस्याको कारण हो भने दोस्रो शक्ति अर्थात ॐकार भने व्यक्तिको जीवनमा व्याप्त समस्याको समाधान हो । अहंकारबाट सिर्जित चार शक्तिका रुपमा ज्ञानी छु भन्ने अहंकार, शारिरीक बल छ भन्ने अहंकार, साधनाको अहंकार र दैवी शक्तिको अहंकारलाई व्याख्या गरिएको छ । यी सबै अहंकारका रुपले हामीलाई छद्मरुपमा शक्तिशाली अनुभूत गराए पनि, विविध विषयमा केही न केही प्राप्ति भएको जस्तो देखिए तापनि समग्र परिणाममा भने हाम्रो काम राम्रो हुँदैन । सुख जस्तो देखिए तापनि दुःखको निर्माणमा ती शक्तिले योगदान गरिरहेका हुन्छन् । परिणाम राम्रो हुनका लागि त अहंकारलाई निर्मूल वा विसर्जन गर्न सक्नुपर्दछ । इन्द्रियले दिने अनुभूतिभन्दा बाहिर जान सक्नुपर्दछ अर्थात इन्द्रियातित हुन सक्नुपर्दछ । त्यस्तो शक्तिलाई ॐकारको शक्ति नाम दिइएको छ । अर्थात हामीमा दोस्रो वर्गको शक्ति पनि आवश्यक पर्दछ अझ भनौँ पाँचाैँ शक्तिका रुपमा ॐकारलाई अवलम्वन गर्न सक्नुपर्दछ । ताकि बाँकी चारवटा शक्तिले पैदा गर्ने खरावीलाई न्यूनीकरण वा निर्मूल गर्न सकियोस् । ॐकारको जानकारी राख्ने र साधना गर्ने व्यक्ति मात्र वास्तवमा शक्तिशाली हुन सक्छ । ॐकारको हामिसँग भएर पनि शरीरभन्दा अलग रहेको मानिन्छ । सबै शक्तिको स्रोतचाँहि यही ॐकारको शक्ति मानिएको छ । यो अनुपम आनन्ददायक शक्तिलाई परमात्माको शक्ति पनि भनिन्छ र यो अविनाशी हुन्छ । अहंकाररुपी शक्तिलाई ॐकाररुपी शक्तिमा रुपान्तरण गर्नका लागि निरन्तरको साधना भने आवश्यक पर्दछ र जीवन विज्ञानको मार्गमा साधनाको व्यवस्थित अभ्यास सिकाइन्छ । प्रश्न उठ्न सक्छ कि अहमरुपी भारी कसरी बिसाउने रु अहम बढ्दै जाने एउटै कारण छ त्यो के हो भने हामी परिवारमा, सङ्गठनमा, समाजमा केही राम्रो काम भएको छ भने आफ्नै कारणले भएको हो भन्न मन पराउँछौँ । केही अपजस वा असमर्थता आइलाग्यो भने त्यो अरुको कारणले भएको भन्न रुचाउँछौँ । समय पायो कि अरुको कुरा काट्न हामीलाई मजा लाग्छ समय गएको पत्तो नै हुँदैन । संसारको एक कुनामा एउटा झिनो काममा हाम्रो जीविका चलिरहेको छ, होला केही सामाजिक काम तथा मानवसेवाको काम पनि गरेका होलाऔँ तर आफू नभई संसार नै रोकिन्छ, सामाजिक काम अगाडि बढ्दैन, मैले काम नगरी कसरी नतिजा आउला भन्ने खालको हामीले बोकिरहेको अहंकारको महान भारी बिसाउनै पर्दछ । कामको राम्रो परिणाम आउनुमा समाज वा परिवार राम्रोसँग चल्नुमा साथी, परिवार तथा समुदायका सदस्य वा कुनै समूहलाई जस दिन जानिन्छ र अझ राम्रो कामको लागि जब प्रेरक बन्न सकिन्छ अनि मात्र हामी अहंकारको च्यादर हटाउन थाल्दछौँ । यो कार्यका लागि पनि समग्र जगतमा हाम्रो राम्रो वा नराम्रो छुट्याउने शक्ति जगाउन जरुरी हुन्छ । तीन किसिमका फोहर संसारमा नयाँ नयाँ रोगले मानव सभ्यतालाई चुनौती दिइरहेको हुन्छ । कहिले त रोगले महामारीकै रुप लिने गरेको छ । यस्तो रोगको कारण विवेचना गर्दा मूलतः फोहोरको कारण रोगको जन्म भएको पाइन्छ । त्यसमा पनि मात्र तीन किसिमका फोहोर मध्ये कुनै एक वा दुई वा तीनको संयोगबाट हामीलाई लाग्ने रोग जटिल हुँदै गएको हुन्छ । ती तीन किसिमको फोहोर भनेको शरिरको फोहोर, मनको फोहोर र वातावरणको फोहोर हो । शरिरभित्र फोहोर कसरी प्रवेश गर्दछ । शरिरभित्र कहाँ कहाँ फोहोर जम्मा भएर बस्छ अनि के कस्ता फोहोरहरु हामीले शरिरबाहिर निष्काशन गर्नुपर्दछ भन्ने महत्वपूर्ण विषय हो । हामीले लिने श्वाससँग, खानेकुरासँग, पिउने कुरासँग शरिरभित्रको फोहोर सम्बन्धित छ । रोग लाग्ने र एकबाट अर्कोमा सर्ने प्रकृया कि शरीरको फोहर र कि वातावरणको फोहोरसँग सम्बन्धित हुन्छ । अहिले बढ्दै गएको र विश्वभर भयाभह असर देखाइरहेको मनको फोहोर हो । हाम्रो मनमा जागृत हुने काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषका कारण हामी व्यक्तिगत र सामाजिक रुपमा असल कार्य गर्न सक्दैनौँ । मनको फोहोरको कारण शरीर पनि कमजोर बन्दै जान्छ । यी तीन प्रकारका फोहरको पहिचान गरी फोहोर हुनै नदिने र रहे भएको फोहोर सफा गर्नका लागि साधना आवश्यक छ, असल जीवनप्रणालीको अभ्यास आवश्यक छ । समृद्धिका लागि त्रिशक्ति र त्रिगुणको विकास हामी आफ्नो कर्म क्षेत्रमा आत्मा निष्ठाका साथ काम गर्नुपर्दछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने काम कदापि गर्नुहुँदैन । जीवनलाई सबल, सक्षम र समुन्नत बनाउनका लागि शारीरिक, मानसिक र आत्मिक शक्तिको अभ्यास गर्नुपर्दछ । त्यस्तै दुर्गुणबाट सद्गुणतर्फको यात्रा तय गर्नुपर्दछ । यसको लागि एकैदिनमा एकैछिनमा सम्भव छैन निरन्तरको साधना आवश्यक छ । तेस्रो गुण अर्थात निर्गुण परमात्माको क्षेत्र हो । निर्गुण निराकार निरञ्जन मानिने भगवान हुन् । हामी आफूमा भगवत तत्व जगाउन सक्दछौँ । निर्गुण अवस्थामा उपलव्ध हुने अवसरका लागि ध्यान आवश्यक छ । राम्रो नराम्रो, ठीक वेठिक, मेरो तेरो भन्ने भावनाबाट निर्देशित वा विचलित नभई समान रहन सक्ने कला आवश्यक छ । परधर्मो भयावह भनिएको पनि छ । आफ्नो काममा ध्यान कम हुने तर अरुले गर्ने गरेको काममा बढी चासो राख्ने काम घातक हुन्छ । समय बर्बादी गर्ने, अल्छी हुने र अरुको चियोचर्चो गर्ने भन्दा पनि आफ्नो कामलाई माया गरेर समर्पित भावले लागिपर्ने व्यक्तिले मात्र समृद्धि प्राप्त गर्ने क्षमता राख्दछ । खुसी हुने सूत्र चयन हाम्रै हो फैसला आफ्नै हो सद्गुण प्रयोग गर्ने वा दुर्गुणहरु प्रयोग गर्ने । दुःख दिने खालका आफैभित्र रहेका खराबी वा अहमका विभिन्न पक्षहरु चिन्न र हटाउन सक्नुपर्दछ । ध्यानबाट प्रेम र शान्ति उत्पन्न हुने हुँदा नियमत ध्यान गर्नु श्रेयस्कर छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । तसर्थ, अहंकारप्रति सजग हुनु अति आवश्यक छ । चञ्चल मनलाई एकाग्र गर्न सकेमा मात्र खुशी प्राप्त हुन्छ । अरुसँग प्रेमपूर्ण सम्वन्ध राख्नुपर्दछ । खासगरी कर्मसँग, व्यक्तिसँग, विषयसँग र प्राकृतिक सम्पदासँगको सम्बन्ध प्रेमपूर्ण हुनु जरुरी छ । यसका लागि पनि साधना आवश्यक छ । वास्तवमा हाम्रै जीवनशैली र आनिबानीका कारणले हाम्रो जीवनको फल प्राप्त हुने हो । अर्को शब्दमा भन्नुपर्दा हामी जे खोज्यो त्यही पाउँछौँ सुख वा दुःख । विचारको कब्जियत हुनु पनि दुःखको कारण हो । साँगुरो विचार लिनु, आफ्नो र आफ्नाको मात्र चिन्तन गर्नु कदापि राम्रो होइन । के चाँही बुझ्न जरुरी छ भने हाम्रो सबभन्दा नजिक धन सम्पत्ति वा अरु कोही व्यक्ति नभएर हामी आफ्नै शरीर छ यसको हित हुने काम गर्दै अगाडि वढ्न जरुरी छ । यही शरीरमा हामीलाई निरन्तर सताउने हाम्रो मन छ । यो मनलाई ठेगानमा राख्नका लागि पनि हामी श्वासप्रश्वाससँग जोडिएको प्राणायाम साधना, विपश्यनालगायतका योग तथा ध्यान गर्न सक्छौँ । यसको लागि जीवन विज्ञान उपयुक्त स्थान वा प्लेटफर्म हुन सक्छ । अन्त्यमा जीवनलाई सार्थक बनाउने मार्ग सिकाउने विभिन्न सिकाइस्थल छन् । बुद्धले सिकाउनु भएको व्यक्तिभित्र जम्मा भएका क्लेश विसर्जन गर्ने विपश्यनाको स्वयम् अभ्यास कलादेखि ओशो रजनिशले सिकाउनुभएको साधनाको विधिसम्म । डा योगी विकासानन्द, डा राजु अधिकारीलगायत थुप्रै साधकहरुले पूर्वीय सभ्यताको प्राचीन भूमि नेपालमा मौलिक योगाभ्यासको चम्किलो उज्यालो छरिरहेका छन् । जीवन विज्ञान प्रतिष्ठानले केही दिनअघि मात्र लुम्बिनीमा वृहत चक्र विज्ञान साधनाको शिविर सञ्चालन गरेको छ । जीवन विज्ञान सबै उमेर समूहका लागि साधनाको कोर्ष निरन्तररुपमा सञ्चालन गरिरहेको छ । लामो अनुभव र प्रेरणादायी शैलीयुक्त नेपाली गुरुहरुबाट नेपाली आवश्यकता सुहाँउदो साधना कक्षामा सहभागी भएर, युटुवबाट वा पुस्तकबाट सिक्न र आफुलाई रुपान्तरण गर्ने मार्गमा समर्पित हुन हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षाका साथ हरि ॐ । रासस (लेखक नेपाल सरकारका सहसचिव हुन्)
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आईतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । ‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।’ पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए । ‘नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य छ भन्ने देखाएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।’ नेपालका अस्पतालमा नर्स बिरामीको अनुपातअनुसार दरबन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए । उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौ काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जाने गरी नीतिगत व्यवस्था गरिने बताए ।