एनएमएको मत गणना अपडेट : ६२६५ मत गणना सम्पन्न हुँदा डा. रिजाल अग्रस्थानमा

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को जारी मत गणनामा कडा प्रतिस्पर्धा देखिएको छ । ६ हजार २ सय ६५ मत गणना सम्पन्न हुँदा अध्यक्ष पदमा डा. बद्री रिजाल अग्रस्थानमा देखिएका छन् । सुरुवाति अग्रस्थानमा रहेका डा. रावललाई पछि पार्दै डा. रिजाल अग्रस्थानमा आएका छन् ।  

पछिल्लो प्राप्त मतपरिणाम अनुसार रिजालले २ हजार ८ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने डा. नारायण प्रसाद भुसाल ७ सय ५२ मत सहित तेस्रो स्थानमा छन् ।

वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारी २ हजार ६ सय ३५ मत  सहित अग्रस्थानमा रहेका छन् । उनलाई डा. किर्तीपाल सुबेदी २ हजार ४५ मत सहित पच्छ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र १ हजार २सय ८५ मत सहित तेस्रो स्थानमा छन्।

यस्तै महासचिवमा डा. विश्वराज दवाडी २ हजार ३ सय ९२ मत सहित अगाडि छन् भने डा. कालु सिंह खत्री २ हजार १ सय ५८ मत ल्याउँदै पछ्याइरहेका छन भने डा. अमृत भुसाल १ हजार ४ सय ५० मत सहित तेस्रो स्थानमा छन् । 

प्रदेशगत उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुभाष भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रबिन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन् ।

कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अग्रस्थानमा देखिएका छन् ।  

Share News