अब स्वास्थ्य बीमा गर्नै पर्ने, टार्गेटमा निजी क्षेत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब सबैलाई अनिवार्य स्वास्थ्य बीमा लागु गरिने बताएका छन् । उनले सरकारी तथा निजी क्षेत्रलाई पनि अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नका लागि व्यवस्था गरिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

जेष्ठ नागरिकलाइ घरमै नि:शुल्क उपचार

काठमाडौं । सरकारले नेपाललाई जेष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिका बारे नीतिगत व्यवस्था गरिने जनाएको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जेष्ठ नागरिकलाई सार्वजनिक सेवा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्ध गरिने उल्लेख छ । स्थानीय तह मार्फत घरमै नियमित स्वास्थ्य परिक्षण एवं औषधीको उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

नेपाललाई औषधीमा आत्मनिर्भर बनाइने

काठमाडौं । सरकारले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई औषधीमा आत्मनिर्भर बनाइने उल्लेख छ । यसका लागि निजी क्षेत्रको सहयोगमा औषधी उद्योगको संख्या बढाइने जनाइएको छ ।