हाइड्रो व्यवसायी कृष्णप्रसाद आचार्यलाई विकास नायक अवार्ड

काठमाडौं । विकास नायक अवार्ड २०८२ बाट आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य विकास नायकबाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा आचार्यलाई सम्मान गरेको हो ।  जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवद्धनमा गरेर देश र जनतालाई लाभ पुर्याए बापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले आचार्यलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग खोलेर राष्ट्रिय तथा अन्तर्राष्‍ट्रिय व्यावसायिक माहोलमा आफूलाई परिचित गराइसकेका आरएम ग्रुपका अध्यक्ष आचार्य अहिले उर्जा उद्यमीका अभिभावकका रुपमा काम गरिरहेका छन् । उर्जा क्षेत्रमा रचनात्मक र ऊर्जाशील उद्यमीको पहिचान बनाएका कृष्ण आचार्यकै नेतृत्वमा अहिले ४ सय बढी मेगावाट विद्युत उत्पादनको चरणमा छ ।  तीन दर्जन बढी कम्पनीको नेतृत्व गरिरहेका आचार्य स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)को समेत नेतृत्व गरेर संस्थालाई संस्थागत बनाउन ठूलो भूमिका खेले । उनी देशको विकास, सम्बृद्धि र उज्वल भविष्य उर्जाबाट नै सम्भव हुन सक्ने दृढताका साथ एकपछि अर्को जलविद्युत आयोजनामा सक्रिय बनिरहेका छन् । आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता उद्यमी कृष्णप्रसाद आचार्यको छ । 

विकास नायकबाट फर्स्ट च्वाइस फुड्सका अध्यक्ष कृष्णप्रसाद पौडेल सम्मानित

काठमाडौं । विकास नायक अवार्ड २०८२ बाट फर्स्ट  च्वाइस फुड्सका अध्यक्ष कृष्णप्रसाद पौडेल विकास नायकबाट सम्मानित भएका छन् । विकास मिडियाको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा पौडेललाई सम्मान गरेको हो ।  कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिएबापत अध्यक्ष पौडेललाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पौडेललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । नेपालमा फ्रेन्चफ्राइज उत्पादनको पहिलो उद्योग फर्स्ट च्वाइस फुड्स लिमिटेड खोलेर कृष्ण प्रसाद पौडेलले कृषिमा क्रान्तिको विजारोपण गरेका छन् । नेपाली उद्योगबाटै उत्पादन भएको फ्रेजफ्राइजको स्वाद अमेरिकी र भारतहरुका सहरहरुलाई चखाउन कृष्ण प्रसाद पोडेल सफल भएका छन् ।  विगतमा करोडौं रुपैयाँको आयात हुने फ्रेन्जफाइज अहिले सीमित परिमाणमात्रै आयात भइरहेको छ । नेपाली होटल तथा रेष्टरेन्ट, सुपरमार्केट र स्टोहरुमा नेपाली फ्रेञ्च फ्राइजको माग ह्वात्तै बढेको छ । ३५ हजार परिवारमा उद्योगी कृष्ण प्रसाद पौडेलको उद्योगसँग जोडिएका छन् । उनले आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाइरहेका छन् ।  किसानको पसिनाको मूल्य विश्व बजारसम्म पुर्याउने एक अद्वितीय कृषक अभियन्ताको परिचय कृष्ण पौडेलले बनाएका छन् । गुल्मीको सामान्य गाउँमा परिवारमा जन्मिएका कृष्ण देशकै उत्कृष्ट कृषि उद्योगी र विश्व बजारका व्यवसायीसँग प्रतिस्पर्धा गरेर नेपाल र नेपालीको शिर उचो बनाउने र हजारौं किसानको भविष्य बदल्ने अभियानमा लागिरहेका छन् ।  नेपालमा अवसर छैन भनेर विदेश जाने युवापुस्तालाई उनले नेपालमै भविष्य छ र आत्मनिर्भर बनेर स्वाभिमानका साथ काम गर्न सकिन्छ भन्ने सन्देश पनि दिएका छन् । 

ललितपुर महानगरका मेयर महर्जन विकास नायकबाट सम्मानित

काठमाडौं । विकास नायक अवार्ड २०८२ बाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा मेयर महर्जनलाई सम्मान गरिएको हो ।  राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सांस्कृतिक सम्पदा बोकेको ललितपुरलाई परम्परा, पहिचान र आधुनिकताको सुन्दर सहरका रुपमा विकास गर्ने कामको नेतृत्व महर्जनले गरिरहेका छन् । स्थानीय शासनमा पारदर्शिता, सुशासन र जनमुखी सेवाको सुदृढ अभ्यास गर्दै उनले समावेशी विकास, साझा सहभागिता र दीगो पूर्वाधार निर्माणमा ललितपुरलाई नयाँ ढंगले अगाडि बढाएका छन् ।  पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् ।  तीन पटक वडाअध्यक्षमा विजयी हाँसिल गरेर जनप्रतिनिधिका रुपमा ह्याट्रिक गरेका चिरीबाबुलाई ललितपुरवासीले दुई पटक नगर प्रमुखका रुपमा जिताएका छन् । जनविश्वास, नगरवासीको भरोसा र अपेक्षालाई सिरोधार्य गर्दै चिरीबाबुले व्यवस्थित कार्यशैली र श्रमप्रेमी स्वभावमार्फत नागरिकको सेवकको रुपमा काम गरिरहेका छन् । मेयर चिरीबाबु महर्जनलाई धेरैले स्थानीय जनप्रतिनिधिको प्रेरणादायी प्रतिकको उदाहरणका रुपमा बुझ्ने गरेका छन् ।