टाटा ट्रस्ट्समा आन्तरिक युद्ध : विजय सिंहको राजीनामासँगै मिस्त्री विवाद सतहमा

काठमाडौं । पछिल्ला दिनहरूमा टाटा ट्रस्ट्स संस्थाभित्रका आन्तरिक मतभेद खुलेर देखिएका छन् । विशेषगरी टाटा सन्सको बोर्डमा मेहली मिस्त्रीको नामांकनलाई लिएर ट्रस्टीहरूबीच गम्भीर मतभेद भएको हो । यो विषय ११ सेप्टेम्बरमा भएको बोर्ड बैठकका मिनेट्सबाट पत्ता लागेको टाइम्स अफ इन्डियाले जनाएको छ।  भारतको सबैभन्दा पुराना र प्रभावशाली परोपकारी संस्थामध्ये एक टाटा ट्रस्ट्सको स्थापना सन् १८९२ मा टाटा समूहका संस्थापक जमशेदजी टाटाले गरेका थिए । मुम्बईस्थित यो संस्था हाल पनि देशको सामाजिक विकासमा अग्रणी भूमिकामा रहेको छ । टाटा ट्रस्ट्सका ट्रस्टी मेहली मिस्त्री दिवंगत रतन टाटाका नजिकका सहयोगी मानिन्छन् । मिस्त्रीले सधैं नोएल टाटालाई समर्थन गरेको तर नोएलले भने टाटा सन्सको बोर्डमा उनीहरूको नामांकनलाई समर्थन नगरेको बताएका छन् । बैठकमा ट्रस्ट्सका सात ट्रस्टीबीच मतभेद खुलेर देखा परेका हुन् । यो विवाद त्यतिबेला सुरु भयो जब टाटा सन्सका उपाध्यक्ष विजय सिंहको पुनः नियुक्तिबारे छलफल भइरहेको थियो । मिनेट्सअनुसार ७७ वर्षका विजय सिंहविरुद्ध मतदान गरी उनलाई मिस्त्रीसँग प्रतिस्थापन गर्ने प्रस्ताव आएको थियो ।  प्रस्तावकहरूको भनाइमा मिस्त्री टाटा ट्रस्ट्सको विचार प्रस्तुत गर्नका लागि ‘अझ बलियो आवाज’ हुने विश्वास गरिएको थियो । मिस्त्रीको समर्थन गर्ने पक्षले भनेका थिए कि उनी यो पदका इच्छुक थिएनन्, तर समय र मेहनतको दृष्टिले उनी नै सबैभन्दा योग्य व्यक्ति थिए । तर नोएल टाटा र वेणु श्रीनिवासन भने विजय सिंहको समर्थनमा अडिग रहे । उनीहरूका अनुसार विजय सिंहले टाटा समूहको सबैभन्दा कठिन समयमा रतन टाटालाई साथ दिएका थिए । बैठकमा विजय सिंह बाहेक सबै ट्रस्टीहरू उपस्थित थिए । बैठकका नोटहरूअनुसार मिस्त्रीले विजय सिंहलाई बैठकमा उपस्थित हुन अनुरोध गरेका थिए ताकि उनी आफ्नो पदको समीक्षा सम्बन्धी छलफलमा भाग लिन सकून् । तर विजय सिंहले भने आफू नोमिनी निर्देशकको भूमिकासम्बन्धी कुनै पनि समीक्षा बैठकमा सहभागी हुन नचाहने बताएका थिए ।  गत वर्ष अक्टोबरमा रतन टाटाको निधनपछि उनका सौतेनी भाइ नोएल टाटा अध्यक्ष बनेका थिए । त्यसपछि टाटा च्यारिटीजले अक्टोबर २०२४ मा एउटा नियम बनाएको थियो— जसअनुसार ७५ वर्ष नाघेका ट्रस्ट्सका नोमिनी निर्देशकहरूको वार्षिक समीक्षा गरिनेछ । ट्रस्टी डेरियस खम्बाटाले बैठकमा भनेका थिए कि यो समीक्षा विजय सिंहका विरुद्ध होइन, तर टाटा समूहका ठूला चुनौतीहरूसँग सम्बन्धित थियो । उनका अनुसार अहिले टाटा समूहका लागि अत्यन्त संवेदनशील समय हो । उनले भने, ‘चार ट्रस्टी— मिस्त्री, प्रमित झवेरी, जहाँगीर जहाँगीर र म— सबैको धारणा थियो कि टाटा सन्सको बोर्डमा ट्रस्ट्सका विचारहरू प्रस्तुत गर्न एक बलियो आवाज आवश्यक छ ।’ त्यसैले उनले मिस्त्रीको नाम सिफारिस गरेका थिए । खम्बाटाका अनुसार मिस्त्री स्वयं यो भूमिकाका इच्छुक थिएनन्, तर अरू तीन ट्रस्टीले उनलाई अनुरोध गरेपछि अन्ततः उनी ट्रस्ट्सको प्रतिनिधित्वका लागि सर्वोत्तम विकल्प बने ।  जहाँगीरले पनि यो कुरा समर्थन गर्दै भने, ‘टाटा समूहका हालका परिस्थितिहरू हेर्दा नोमिनी नेतृत्वमा परिवर्तन आवश्यक छ ताकि ट्रस्ट्सका विचारहरू टाटा सन्स बोर्डमा अझ प्रभावकारी रूपमा पुर्‍याउन सकियोस् ।’ बैठकका मिनेट्सअनुसार नोएल टाटाले भनेका थिए कि विजय सिंहले टाटा समूहको इतिहासका सबैभन्दा कठिन समयमा रतन टाटा र ट्रस्ट्सलाई साथ दिएका थिए, त्यसैले समीक्षा आवश्यक छैन ।  उनका अनुसार टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले पनि विजय सिंहको पक्षमा समर्थन जनाएका छन् । यो घटनालाई विशेष मानिएको छ किनकि टाटा ट्रस्ट्सको इतिहासमा पहिलोपटक कुनै नामित निर्देशकलाई कार्यकाल समाप्त हुनुअघि पद छोड्न आग्रह गरिएको छ । नोएल टाटाको भनाइमा यदि विजय सिंहलाई आफ्नो कार्यकाल पूरा गर्न दिइन्थ्यो वा कम्तीमा ३१ मार्च २०२६ सम्म रहन दिइन्थ्यो भने त्यो अधिक उपयुक्त हुने थियो । ट्रस्ट्सका उपाध्यक्ष वेणु श्रीनिवासनले पनि नोएलको धारणा समर्थन गर्दै भने, ‘यस विषयमा अझ समय दिनु पर्थ्यो र कुनै निर्णय गर्नुअघि ट्रस्टीहरूबीच थप छलफल हुनु आवश्यक थियो ।’ उनका अनुसार ‘यो निर्णयले ट्रस्ट्सभित्र खराब उदाहरण स्थापना गर्नेछ र आन्तरिक विभाजन झल्काउनेछ ।’ प्रमित झवेरीले बताएका अनुसार अक्टोबर २०२४ देखि नै ट्रस्ट्सभित्र मतभेद सुरु भएका थिए । अन्ततः ट्रस्ट्सले विजय सिंहको नोमिनी निर्देशक पदमा मतदान ग‍र्यो । मिस्त्री, खम्बाटा, जहाँगीर र झवेरीले परिवर्तनको पक्षमा मत दिए भने नोएल र श्रीनिवासनले विरोध गरे । त्यसपछि विजय सिंहले टाटा सन्स बोर्डबाट राजीनामा दिए। यो सम्पूर्ण घटनाक्रमले टाटा ट्रस्ट्सभित्र गहिरो आन्तरिक द्वन्द्व झल्काउँछ । यसले भारत सरकारको ध्यान पनि तानेको छ । हालै टाटा समूहका केही वरिष्ठ अधिकारीहरूले गृहमन्त्री अमित शाह र अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरी यसबारे छलफल गरेका छन् । संकटमा अमेरिकी अर्थतन्त्र : चीनको कदमले बढायो विश्व अर्थतन्त्रमा त्रास टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै  

‘सुरक्षा थ्रेट’ बढाउँदै लुटिएका हतियार र भागेका कैदी

काठमाडौं । जेनजी आन्दोलनमा लुटिएका हतियार र जेलबाट भागेका कैदीहरुले सुरक्षा चुनौती थपेका छन् । सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको बेला थप सुरक्षा चुनौती बढेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।  गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा देशभरबाट १ हजार २४७ हतियार लुटिएका थिए । यी हतियारमध्ये ३०३ वटा राइफलहरू हालै झापाको दमकमा फेला परेका छन् । तर, अझै पनि ९०० भन्दा बढी हतियार हराइरहेका छन । जसले सुरक्षा निकायको लागि गम्भीर चिन्ता उत्पन्न गरेको छ । प्रहरीका अनुसार अझै ९ सयभन्दा बढी हतियार हराएका छन् । यस घटनाले सुरक्षा गम्भीर असर पु¥याएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।  यस्तै, देशभरका विभिन्न कारागारबाट १३ हजार ५५८ कैदी फरार भएकोमा अहिले सम्म ७ हजार ७३५ कैदी मात्रै फर्किएका र  पुनः पक्राउ परेका छन् । विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका ५ हजार ८२३ कैदिबन्दी अझै फरार छन् ।  केहीले स्वेच्छाले आत्मसमर्पण गरे भने केहीलाई सुरक्षा बलले पक्राउ गरेपनि यस घटनाले देशैभरि सुरक्षा चुनौती सिर्जना गरेको हो ।  आगामी निर्वाचन र दलहरुका सार्वजनिक गतिधिहरुमा यी घटनाहरूको प्रभाव गम्भीर हुन सक्छ । पूर्वडिआईजी अशोक श्रेष्ठले इन्सास, एसएलआर, जिएसजी र वेव्ली एण्ड स्कट ग्रेनेड लन्चर जता घातक हतियार समाजमा रहनु सुरक्षका लागि ठूलो चुनौती भएको बताएका छन् । विज्ञहरुले समयमा हतियार नियन्त्रण र फरार कैदीलाइ पक्राउ नगरे राजनीतिक गतिविधीमा कमी आउने र मतदानमा सर्वसाधारण सौहार्द वातावरण नभएर सहभागी नहुने चिन्ता व्यक्त गर्छन् ।  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा समितिको बैठकमा यस बिषयमा व्यापक छलफल भएको बताएका छन् । उनले सौहार्द वातावरणमा निर्वाचन गर्न सरकार लागिपरेको बताए ।  यी हुन् लुटिएका हतियार -INSAS 1B1 राइफल भारतीय डिजाइनमा आधारित, 5.56×45mm क्यालिबरको राइफल  –SLR (सेल्फ लोडिङ राइफल): 7.62×51mm क्यालिबरको पुरानो डिजाइनको राइफल  –303 राइफल ब्रिटिश डिजाइनको, 7.7mm क्यालिबरको राइफल –GSG-522 कार्बाइन 22 क्यालिबरको सेमिअटोमेटिक कार्बाइन  –Webley & Scott Schermuly 37mm ग्रेनेड लञ्चर– कम दूरीका लक्ष्यमा प्रहार गर्न प्रयोग हुने  -Ishapore 1A1 राइफल भारतीय डिजाइनको, 7.62×51mm क्यालिबरको राइफल –Lee-Enfield राइफल ब्रिटिश डिजाइनको, 7.62mm क्यालिबरको राइफल  –पिस्तोल र ग्यास गनहरू– नजिकको दूरीका लागि प्रयोग हुने 

बाढी-पहिरोको बितण्डापछि स्वास्थ्य विपदको जोखिम

काठमाडौं । असोज १८ र १९ गते परेको बाढी-पहिरोले काठमाडौं उपत्यका लगायत देशको पूर्वी क्षेत्र बढी प्रभावित भयो । विभिन्न ठाउँ डुबानमा परे भने इलाम लगायतका केही ठाउँमा ठूलो मानवीय क्षति भयो । काठमाडौं उपत्यकाबाट देशभर जोडिने मुख्य नाका बिपी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्ड बन्द भए। मौसममा आएको  सुधारसँगै अवरुद्ध सडक खुले । अवस्था सामान्य हुँदैछ तर, स्वास्थ्य विपद्को सम्भावना भने अब उच्च हुँदै गएको विज्ञहरू बताउँछन् । पानीमा मिसिएको फोहोर मृत जनावर र दूषित खानेपानीका कारण रोग फैलिने जोखिम उच्च हुन्छ । यस्तो बेलामा पानीजन्य रोगसँगै किट र हावा जन्य रोगको जोखिम हुने विज्ञहरूको चेतावनी छ । अहिले मौसम परिवर्तन हुनेबेला त्यसै पनि स्वास्थ्य समस्या हुन  सक्ने बताउँदै प्रभावित क्षेत्रमा अझ बढी जोखिम हुनसक्ने विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाइड, कमलपित्त, इकोलाइ, लेप्टोस्पाइरोसिसँगै डेंगु र स्क्रबटाइफस जस्ता रोगको संक्रमण बढी हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले कीटजन्य  रोगहरू बढी रहेका छन्, अब बाढी पहिरोपछि यस्ता रोगहरू फैलन सक्ने सम्भावना बढी हुन्छ ।’ प्रभावित क्षेत्रका नागरिक अहिले घरवासविहीन छन्, घरबार भएकाहरूको पनि घरमा भएको सबैकुरा नष्ट भएको छ । कतिपय आफन्तको घरमा अझै शरणमा बसिरहेका छन् । यस्तो बेलामा मानसिक स्वास्थ्य समस्याको अवस्था पनि भइरहेको हुन्छ । यस्तो संकटमा प्रभावित नागरिकमात्र आफ्नो स्वास्थ्यको ख्याल गर्न नसक्ने भन्दै स्थानीय सरकार र प्रभावित नभएको ठाउँका स्थानीयहरूले पनि सहयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । पानीजन्य रोग बाढी प्रभावित क्षेत्रमा सबै किसिमका सरुवा रोगको संक्रमण हुने सम्भावना निकै हुन्छ । तुरुन्त यस्ता रोगहरू देखा नपरेपनि बिस्तारै रुघाखोकी, झाडापखाला जस्ता रोग फैलनसक्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिले पानीजन्य रोगहरू फैलन सक्छन् । दूषित पानी वा पानीसँग सम्बन्धित खानेकुरा खाँदा पानीजन्य रोगहरू लाग्छ । यी रोगहरू प्राय ब्याक्टेरिया भाइरस प्रोटोजोवा वा परजीवीबाट फैलिन्छ । बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहानमा फोहोर अथवा ढल, खोलको फोहोर पानी मिसिने सम्भावना धेरै रहन्छ । ढल मिसिएको खानेपानी नागरिकले पिउँदा झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस लगायतका विभिन्न रोगहरू लाग्ने सम्भावना बढी हुने डा. पुन बताउँछन् ।  दूषित पानी पिउँदा पानी जन्य रोगको संक्रमण फैलन सक्छ । ढल मिसिएको फोहोर पानी पिउँदा हैजा फैलने सम्भावना धेरै हुँदा यसले एक्कासि भयावह रूप लिन सक्ने उनको भनाइ छ । केही महिना अगाडि बारा र पर्साका विभिन्न पालिकामा हैजा फैलिएको थियो । समयमै ध्यान दिइएन भने यस्ता महामारीले ज्यानै समेत जान सक्ने भन्दै विज्ञहरू सतर्कता अपनाउनुपर्ने बताउँछन् ।  कीटजन्य रोग चिकित्सकका अनुसार पानीजन्य रोगसँगै कीटजन्य रोगको जोखिम पनि यतिबेला उच्च हुन्छ । कीरा, लामखुट्टे, मख्खीले किटाणु बोकेर मानिस वा जीवजन्तुमा लाग्ने रोगलाई कीटजन्य रोग भनिन्छ । यि रोगहरू मानिससँग प्रत्यक्ष सम्पर्क नभइ कीटमार्फत फैलने गर्छ । यसरी फैलने रोगमा डेंगी, मलेरिया, चिकुनगुनिया, जापानिज एन्सफलाइटिस लगायतका रोगहरू पर्दछन् । यो रोग विशेषगरी मच्छरको टोकाइबाट मानिसमा लाग्ने गर्छ । बाढीपछि प्रभावित क्षेत्रमा यस्ता कीटजन्य रोगहरू फैलन सक्ने सम्भावना भएकाले नागरिक आफै सचेत रहनुपर्ने चिकित्सकहरूको भनाइ छ ।  डा. पुन भन्छन्,‘झरी रोकिएपछि ठाउँठाउँमा पानी जमेको हुन्छ । यस्तो ठाउँमा जमेका पानीमा डेंगी सार्ने लामखुट्टेको वृद्धिविकास हुने सम्भावना  हुन्छ, लामखुट्टेको वृद्धिसँगै डेंगी फेलनसक्ने सम्भावना अझ बढ्छ ।’ उनी यसबाट बच्न नागरिकले वरिपरी पानी जमेका ठाउँ पुर्ने, हातखुट्टा पुरै छोपिने गरी लुगा लगाउने र झुलको प्रयोग  गर्नुपर्छ । यसका लागि स्थानीय सरकारले प्रभावित क्षेत्रमा अभियान नै सुरु गर्नुपर्ने पुनको भनाइ छ । डेंगीलाई सामान्य रूपमा लिँदा ज्यानै जाने सम्भावना हुने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाएर बस्न पुनको आग्रह छ । हावाजन्य रोग हावामा रहेका विभिन्न सुक्ष्मजीवीहरू जस्तै ब्याक्टेरिया, भाइरस फंगस मान्छेको श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । प्रभावित क्षेत्रमा हावा जन्य रोगको माध्यामबाट सर्ने रोगको जाखिम पनि उच्च रहन्छ । चिकित्सकका अनुसार हावामार्फत ब्याक्टेरिया मान्छेको शरीरमा प्रवेश गरिसकेपछि शरीरसँग आक्रमण गर्न खोज्छन् । यस्ता रोगमा ट्युबरकुलोसिस (टीबी), एन्फुलुएन्जा, निमोनिया, मिजल्स लगायतका रोगहरू लाग्ने गर्छन् ।  मान्छेसँग बोल्दा, खोक्दा, हाच्य गर्दा हावामा फैलिएका कणहरू मानिसको शरीरमा प्रवेश गर्ने गर्छन् ।  पुन भन्छन्, ‘घरवारबिहीन हुँदा सबै धेरैजनासँग व्यक्तिले एउटै भवनमा बस्नुपर्ने अवस्था आउनसक्छ, धेरै व्यक्तिसँगै हुँदा यस्ता रोगहरू पनि प्रभावित क्षेत्रमा देखिने गर्छन् ।’  यसरी विभिन्न माध्यमबाट रोग फैलन सक्ने सम्भावना हुँदा समयमै उपचार हुन सकेन भने अवस्था गम्भीर आउन सक्ने उनको भनाइ छ ।  लेप्टोस्पाइरोसिस बाढी प्रभावित क्षेत्रमा लेप्टोस्पाइरोसिसको जोखिम उच्च रहन्छ । लेप्टोस्पाइरोसिस एउटा पानीजन्य र जनावर–सङ्क्रमित रोग हो । जुन नामक लेप्टोस्पाइरा नामक ब्याक्टेरियाबाट हुन्छ ।  यो ब्याक्टेरिया जनावरको मुत्र (पिसाब) विशेषगरी मुसा, गाई, सुँगुर, कुकुर आदि) मार्फत पानी, माटो वा खाना दूषित भएपछि मानिसमा सर्छ । बाढी, फोहर पानी, पोखरी वा हिलो माटोमा भएको दूषित पानीसँग छाला वा खुला घाउ सम्पर्क हुँदा मानिसमा सर्छ । यस्तै जनावरको मुत्र (पिसाब) वा त्यसबाट दूषित पानी र माटोसँग सम्पर्क हुँदा, दूषित पानी वा खाना पिउँदा, संक्रमित जनावर वा पशुजन्य वस्तु (जस्तै गोठालो, पशुपालन गर्नेहरू) सिधा सम्पर्कमा आउँदा यो रोग लाग्ने गर्छ ।  डा. पुन बाढी र पहिरोपछि यस्तो रोगको जोखिम निकै बढ्ने सम्भावना रहने बताउँछन् । उनी भन्छन्,‘ विभिन्न देशमा गरिएको अध्ययनले बाढी-पहिरो पश्चात यो रोग देखिएको देखाएकाले प्रभावित क्षेत्रमा यसको जोखिम उच्च रहन्छ ।’ उनका अनुसार नेपालमा वर्षायाममा यो संक्रमण भएका बिरामीहरू भने उपचारका लागि अस्पताल आउने गर्छन् ।  स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै काम गरिरहेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढथोकीले बाढी गएकै दिन सूचना निकाल्दै जोखिमको चेतावनीसहित सूचना निकालेर सजग रहन आग्रह गरेको बताउँछन् ।   ‘हामीले प्रभावित क्षेत्रका स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक निर्देशन पनि दिइसकेका छौं,’ डा बुढाथोकी भन्छन्, ‘समयमै सजग रहँदा यस्ता जोखिमबाट बच्न सक्छौं पटकपटक विज्ञप्तिमार्फत स्थानीय स्तरका स्वास्थ्यकर्मीमार्फत हुनसक्ने स्वास्थ्य विपदबारे सजग गराइरहेका छौं ।’ ‘प्रकोपका समयमा व्यक्तिको घरबार नष्ट भएको हुन्छ । कतिपयले आफन्त गुमाइरहेका हुन्छन् । यस्तो अवस्थामा थप स्वास्थ्य समस्या हुनसक्ने जोखिम हुन्छ, बाढीको बेला हैजा, झाडपाखालाजस्ता संक्रमणजन्य जोखिम बढी हुने भएकाले निकै सजग रहनुपर्ने हुन्छ,’ उनले भने । उनी यस्तो बेलामा स्वच्छ खाना पानी र बासस्थानको अभावले शारीरिकसँगै मानसिक रूपमा समेत असर पर्ने बताउँछन् ।  मन्त्रालयले स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिलाई यस्ता जोखिमबाट बच्न सचेतना जगाउन निर्देशन दिइसकेको छ भने कुनै पनि रोगको लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरेको छ  ।