बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठक

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।

पोखरा फाइनान्सका सीईओ गुरुङ्ले दिए राजीनामा, असार १० गतेबाट लागु हुने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार गुरुङ्ले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत जेठ ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको ४४७औँ बैठकले गुरुङ्ले दिएका राजीनामालाई स्वीकृत गरेको छ । बैठकले आगामी असार १० गतेबाट लागु हुने गरी गुरुङ्को राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव नारायणप्रसाद शर्माले बताएका छन् ।

बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंक्यास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले हस्ताक्षर गरेका छन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।