स्टार लाइफले बदल्यो नाम, अब प्रभु लाइफका नामबाट कारोबार
काठमाडौं । स्टार लाइफ इन्स्योरेन्सले आफ्ना नाम परिवर्तन गरेको छ । कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारण सभाले नाम परिवर्तन गरेर प्रभु लाइफ इन्स्योरेन्स बनाउने निर्णय गरेको हो । भर्खरै सञ्चालन अनुमति पाएको स्टार लाइफले नाम परिवर्तनका लागि बीमा समितिमा अनुमति मागेको थियो । समितिको अनुमतिपछि कम्पनीले नाम परिवर्तन गरेर प्रभु इन्स्योरेन्स काम गरेको हो ।
एनबी ईन्सुरेन्सको ८० प्रतिशत हकप्रद सेयर पारित, पुँजी ९७ करोड २० लाख पुग्यो
काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर पारित भएको छ । उक्त सञ्चालक समितिको निणर्यलाई असोज १० गते बसेको बैंकको २०औं बार्षिक साधारणसभाले पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद सेयर पश्चात बैंकको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । हालसम्म बैंकले २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको छ । सभामा अध्यक्षले कम्पनीले चालु आबको असोज ७ गतेसम्ममा करिब १४ करोड रुपैयाँ प्रिमियम संकलन गरी लगानीमा ७३ करोड ६७ लाख रुपैयाँ पुर्याउन सफल भएको बैंकले जनाएको छ ।
नबिल बैंक ‘सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक’ घोषित, ३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा
काठमाडौं । नबिल बैंक “चौथो न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर बिजय नाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लागि अत्यन्त गौरवको विषय हो र यस सम्मानबाट सम्मानित हुनु बैंकले विषम आर्थिक तथा बजार अस्थिरताका बावजुद प्राप्त गरेको उत्कृष्ट सफलता साथै बैंकले अबलम्बन गरेका विवेकशिल अभ्यासहरु र आफ्ना सरोकारवाला र्निदिष्ट सोचहरुको सहि मुल्याङ्कनको स्पष्ट प्रमाण हो ।’ आर्थिक बर्ष २०७३/७४मा बैंकले बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड रुपैयाँ उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी ५८.४१ रुपैयाँका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब पुर्याएको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ र बैंकको साधारण सभा यहि असोज १० गतेका लागि तय भएको छ ।