भारु प्रतिबन्धले नेपालको आर्थिक वृद्धिमा असर, आर्थिक ससंकुचनले आर्थिक वृद्धिमा धक्का दिने
काठमाडौं ६, पुस । भारतमा पाँच सय र एक हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालको आर्थिक वृद्धिमा पनि पर्ने भएको छ । फिच रेटिङ एजेन्सीको एक अध्ययनमा भारतमा लगाइएको प्रतिबन्धको असर नेपालको आर्थिक विकासमा पर्ने उल्लेख छ । अध्ययनले भारतको निर्णयले नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत कायम हुने उल्लेख गरेको छ । यसअघि सोही संस्थाले गरेको अध्ययनमा २.५ प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख गरेको थियो । ठूलो संख्यामा नेपालीहरु भारतमा रोजगारीमा रहेका, धेरै नेपालीहरु उपचारका लागि भारतमा जाने गरेका, पर्यटनमा ठूलो हिस्सा भारतीय पक्षको रहने र उनीहरुले ठूला दरका भारु लिएर जाने गरेको जस्ता तथ्यहरु केलाउँदै अध्ययनले समग्रमा यी गतिविधिमा संकुचन आउँदा आर्थिक वृद्धिमा धक्का दिने उल्लेख गरेको छ । नेपालका सरकारी अधिकारी तथा अर्थशास्त्रीले पनि भारुका ठूला नोट नचल्दा आर्थिक वृद्धि प्रभावित हुने स्वीकारेका छन् । उनीहरुले आर्थिक वृद्धि घट्ने र यसले मूल्य वृद्धि बढाउने दावी गरेका छन् । कारोबार दैनिकबाट ।
जनता बैंकको शाखा सिराहाको लहानमा, मंगलबार हेटौडामा शाखा खोल्यो
काठमाडौं, ५ पुस । जनता बैंकले सिराहाको लहानमा ३९ औ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकको लहान शाखाको बैंकका सञ्चालकद्वय भीमानन्द ढुङ्गाना र ई.रामचन्द्र शाहले संयुक्त रूपमा गरे । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख खुद मुनाफा आर्जन गरेको थियो । बैंकले ३० वटा ए.टि.एम, १५ वटा शाखा रहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले यस आर्थिक वर्षभित्र महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत उपयुक्त स्थानहरुमा शाखाहरु थप गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । त्यस्तै बैंकले मंगलबार हेटौडामा पनि अर्को शाखा खोलेको छ ।
अध्यक्षको प्रतिस्पर्धाबाट फत्तबहादुर केसी बाहिरिए, पुनः नियुक्ती नहुने भएपछि कर्मचारीसँग लिए बिदा
काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै दाैढबाट बाहिरीएका हुन् । आफू पुनः नियुक्ति नहुने पक्का भएपछि अध्यक्ष केसीले आईतबार सबै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा बोलाएर आफ्नो कार्यकालमा गरेका राम्रो कामको चर्चा गरेका थिए । त्यस्तै कर्मचारीहरुसँग पनि आफू बीमा समितिबाट विदा लिन लागेको जानकारी गराएका छन् । ८ वर्षसम्म समितिमा अध्यक्ष भएका केसी पुस ७ गतेबाट विदा हुँदैछन् । समितिको अध्यक्ष बन्ने लविङका लागि करिव डेढ दर्जन व्यक्ति अर्थमन्त्रालय पुगेका छन् । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई, ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर, केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा लविङ गर्दै गरिरहेका छन् ।