सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि
काठमाडाैं । पांचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएकाे छ । फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।
अजोड इन्स्योरेन्सका ग्राहकलाई वयोधा हस्पिटलमा विशेष छुट
काठमाडौं । अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच नगदरहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रवि चौधरीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । यस अधिब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसँग उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले बताएको छ ।
नाडेप लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी २० करोड नाघ्ने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ४ करोड ८० लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ । साथै, संस्थाले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि २५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड ८० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता ७१६ रुपैयाँ रहेको छ ।