नेपाल पुनर्बीमा र प्राइम लाइफबीच सम्झौता, २० प्रतिशत प्रत्यक्ष हिस्सा दिने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि उक्त सम्झौता भएको हो । सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको शुरुदेखि नै पुनर्बीमा हुने र यसमार्फत दुबै कम्पनी लाभान्वित हुने छन् ।

एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सले बीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न बैंकसँग उक्त सम्झौता गरेको हो ।

स्थानीय सेवाग्राहीलाई लक्षित गर्दै, डडेलधुरामा कृषि विकासको एटिएम सेवा शुरू

काठमाडौं । डडेलधुरा बजारमा कृषि विकास बैंक लि. को एटिएम सेवा सुचारु भएको छ । गत कात्तिक १७ गते बैंकका संचालक घनश्याम अवस्थी र बैंक प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । क्षेत्रिय कार्यलय धनगढीका निर्देशक हरिश्चन्द्र यादवको नेतृत्वमा उक्त उद्घाटन भएको हो । सर्वसाधारण तथा सेवाग्राहीको व्यापक उपस्थिति रहेको त्यस कार्यक्रममा बैंकका प्रमुख अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी लिला प्रकास सिटौलाले बैंकको उत्पादन (भिसा कार्ड, आइपिएस, इन्टरनेट बैंकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा, मोवाईल बैंकिङ्ग, एसएमएस ) बारेमा जानकारी दिएको छ । बैंकले सबै भन्दा ठूलो र स्पस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको र स्थानीय जनताको माया , ममता, निरन्तर सहयोग भएमा बैकले बढी लगानी, बचत भएको रकम कृषि लि.मा नै अनुरोध समेत आग्रह गरेका छन् । बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउने विषय प्रकाश पार्दै सुरक्षित मोनासिव प्रतिफलका लागि आफुसँग रहेको जे जति बचत भएको रकम बचत गर्न अनुरोध गरेका छन् ।