पुनर्विमामा पौने तीन अर्ब खर्च, १२ प्रतिशतले बढ्यो पुनर्बिमा रकम

काठमाडौं ९, कात्तिक । पुनर्विमा गरेवापत नेपालबाट बर्षेनी ठूलो रकम बाहिरिने क्रमलाई रोक्न नेपालले मुलुकभित्रै संचलन गरेको पुनर्विमा कम्पनी भएपनि पैसा वाहिरिने क्रम भने रोकिएको छैन । गत आर्थिक वर्ष २०७२र ७३ मा विमा कम्पनीहरुले पुनर्विमाका लागि २ खर्ब ७० करोड रुपैयाँ खचिएका छन् । यो रकम अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँको पुनर्बिमा गरेका थिए । बिमा कम्पनीहरूले आफैंले बहन गर्नसक्ने भन्दा बढी दायित्व भएमा अर्को कम्पनीमा गर्ने बिमालाई पुनर्बिमा गर्दछन् । वित्तीय संकटबाट सुरक्षित हुन बिमा कम्पनीहरूले पनि पुनर्बिमा गर्नुपर्ने प्रावधान छ । नेपालका बिमकहरूले भारत, सिंगापुर, मलेसिया, फ्रान्सलगायतका मुलुकका पुनर्बिमा कम्पनी वा ब्रोकरमार्फत पुनर्बिमा गर्दै आएका छन् । तर, गत वर्षदेखि भने कम्पनीहरूले अनिवार्य रूपमा आफ्नो दायित्वको ५ प्रतिशत रकम नेपालकै पुनर्बिमा कम्पनीमा पुनर्बिमा गनुपर्ने प्रावधानअनुसार बिमा गर्न थालेका छन् । सरकारले ५ प्रतिशत अनिवार्य गरे पनि केही कम्पनीहरूले भने १५ प्रतिशतसम्म पुनर्बिमा गरेको पुनर्बिमा कम्पनीले बताएको छ । कम्पनीहरूले आफ्नो दायित्व जोखिमको अवस्था हेरेर पुनर्बिमा गर्दछन् । जोखिम अधिक भएको अवस्थामा सोहीबमोजिमको पुनर्बिमा गर्नुपर्ने बिमाविज्ञ भोजराज शर्माले बताए । बिमा कम्पनीहरूले जारी गर्ने बिमालेखमध्ये निर्जीवन बिमा कम्पनीले जारी गर्ने बिमालेखमा बढी जोखिम हुने समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए ।कारोबार दैनिकबाट ।

पत्रकारका लागि ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा, एनएलजीले पायो बिमा गराउने अनुमति

काठमाडौं ८, कात्तिक । पत्रकारका लागि जम्मा ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा हुने भएको छ । यही कात्तिक १७ गतेदेखि लागू हुने गरी एनएलजी इस्योरेन्सले पत्रकारको पाँच लाख रुपैयाँको बीमा गराउने भएको छ । सूचना बिभागले मागेको प्रस्तावमा विभिन्न बिमा कम्पनीले आवेदन दिएकामा एनएलजीले अनुमति पाएको छ । यो कम्पनीले कम्तिमा एक हजार जानको लागि बिमा गराउने एनएलजी इन्स्योरेन्सका मार्केटिङ कन्सल्ट्यान्ट विक्रान्त पाण्डेले बताए । ‘गत वर्ष पनि हामीले नै पाएको थियो यो वर्ष पनि हामीलाई नै सूचना विभागले छनोट गरेको छ,’ पाण्डेले भने । उनका अुनसार नेपाल सरकार सूचना विभाग, नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको संयुक्त प्रयासमा पत्रकारको बिमा गर्ने काम भएको हो । महासघंले विभिन्न जिल्लाबाट संकलन गरेका पत्रकारको तथ्यांकको आधार बिमा हुने उल्लेख छ । सूचना विभागले महासंघबाट लिएको पत्रकारको विवरण हामीलाई उपलब्ध गराउँछ र ती सबैको बिमा हुने पनि पाण्डेले बताए । उनका अनुसार हाल न्युनतम एक हजार जनाको बिमा हुने जानकारी दिएको छ । श्रमजीबी पत्रकारको हकमा सुचना विभागले उपलब्ध गराएका सबै पत्रकारको बिमा हुने पनि पाण्डेको भनाइ छ । यस्तो बिमामा विमा समितिले तोकेको मापदण्ड र खाकामा रहेर विमा पोलीसी जारी हुन्छ । पाँच लाखको यो दुर्घटना बिमा योजनामा बिमित पत्रकारको दुर्घटनामा मृत्यु भएमा, दुर्घटनाबाट दुबै आँखा र दुबै हात वा खुट्टा गुमाएमा पनि पाँच लाख उपलव्ध हुने छ । अन्य अंगहरुको हकमा आंशिक रकम उपलव्ध हुने छ भने दुर्घटनावापतको औषधिउपचार खर्च एक लाख रुपैयाँसम्म हुने पनि पाण्डेले जानकारी दिए । श्रमजीवी पत्रकारले पाउने यो सुविधा व्यवहारिक र आवश्यक पनि भएकोले यस्तो योजना सबै नेपाली नागरिकसम्म पुग्न जरुरी रहेको पनि पाण्डेको बुझाई छ । पाण्डेका अनुसार यही कात्तिक ५ गते एनएलजीले सूचना विभागसँग सम्झौता गरेको छ । आगामी कात्तिक १७ देखिनै बिमा आब्हान हुने भएकोले आगामी असार मसान्तभित्र जुन महिनामा बिमा भएको छ अर्को बर्ष सोही महिनासम्म लागू हुने पनि उनको भनाइ छ ।

एक करोड डलर ल्याउन २३ लाख खर्च, डलर अभाव भएपनि चार्टर गरेर ल्याउँदै राष्ट्र बैंक

काठमाडौं ८, कात्तिक । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सिंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ । राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केही दिन अगाडि सिंगापुर पठाएको छ । अधिकारीले सिंगापुरमा गएर गरेको सम्झौता अनुसार एकैपटक १ करोड डलर नेपाल ल्याइने छ । राष्ट्र बैंकले १ सय रुपैयाँ नोटका दरले १ करोड डलर सिंगापुरबाट चार्टर्ड गरेर ल्याउन लागेको हो । यसरी नेपालमा नगद डलर ल्याउँदा राष्ट्र बैंकलाई २३ हजार अमेरिकी डलर खर्च हुनेछ । कारोबार दैनिकबाट