एनएफआरएसले इन्भेष्टमेन्ट बैंकलाई २.११ अर्ब लाभ, जग्गाकाे मूल्य मात्रै डेढ अर्बले बढ्याे

<p>काठमाडौं । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार लेखापरीक्षण गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई थप २ अर्ब लाभ भएको छ । उक्त प्रणाली अनुसार जग्गा तथा शेयरको मूल्यको मूल्याङ्कन गर्दा कुल २ अर्ब ११ करोड रुपैंया लाभ हुन गएको हो । त्यसमध्ये जग्गाको मूल्याङ्कनबाट १ अर्ब ५६ करोड र शेयरबाट ५५ करोड लाभ हुन गएको हो [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार लेखापरीक्षण गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई थप २ अर्ब लाभ भएको छ । उक्त प्रणाली अनुसार जग्गा तथा शेयरको मूल्यको मूल्याङ्कन गर्दा कुल २ अर्ब ११ करोड रुपैंया लाभ हुन गएको हो । त्यसमध्ये जग्गाको मूल्याङ्कनबाट १ अर्ब ५६ करोड र शेयरबाट ५५ करोड लाभ हुन गएको हो ।

उक्त लेखापरीक्षण प्रणालीअनुसार लेखापरीक्षण गर्दा जग्गाको मूल्य २ अर्ब ७६ करोड कायम भएको थियो जसको पहिलेको मूल्य ५२ करोड ७८ लाख मात्र थियो । त्यस्तै ७० करोड २१ लाख किताबी मूल्य भएको शेयरको बजार मूल्य १ अर्ब ४८ करोड कायम भएको छ । जग्गाको मूल्याङ्कनबाट प्राप्त भएको लाभमा लाग्ने कर कट्टा गर्दा उक्त परिमाणको कुल लाभ प्राप्त भएको बैंकले साधारणसभामा प्रस्तुल तरेको रिपोर्टमा उल्लेख गरेको छ ।

उक्त लाभ थप हुँदा अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल पुँजी २४ अर्ब ८७ करोड पुगेको बैंकले जनाएको छ ।

बैंकले सोमबार राष्ट्रिय सभागृहमा साधारणसभा आयोजना गरेको थियो । त्यसमा बैंकले प्रस्ताव गरको १८ प्रतिशत बोनस शेयरसहित ४० प्रतिशत लाभांश समेत पारित गरेको छ ।

Share News