भारतीय नोटको विषयमा संसदमा बहस

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसद भरतबहादुर खड्का, भारत सरकारले भारतीय रुपैयाँ ५०० र एक हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालको विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको भन्दै सरकारले तत्काल भारत सरकारसँग कुरा गरी समस्या समाधान गर्न आग्रह गरे । उनले सरकारले कूटनीतिक पहलमार्फत भारतीय रुपैयाँको विषयमा उब्जिएको समस्या समाधान गर्न र नेपाली जनतालाई राहत दिन तत्काल पहल गर्न ध्यानाकर्षण गरााए । सांसद यज्ञराज सुनुवारले जनता सिटामोल खान नपाएर आत्महत्या गर्नुपरेको भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको तर पहुँचका आधारमा विशिष्ट व्यक्तिलाई रकम बाँडिएकामा आपत्ति जनाए । उनले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रहरी प्रमुखको भेट भइरहेकामा गुनासो गर्दै त्यसले शान्ति सुरक्षामा गलत प्रभाव परेको धारणा राखे ।

गोर्खाज फाइनान्सको सुनचादी कर्जा योजना सार्वजनिक

कात्तिक ,२९ काठमाडौं । गोर्खाज फाइनान्सले न्युरोड शाखाबाट सुनचादी कर्जा योजना सार्वजनिक गरेको हो । संस्थाले २३ औ बार्षिकोत्सवको अवसर पारेर सुन चादी कर्जा योजना सार्वजनिक गरेको हो ।  त्यस्तैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको श्री सिद्धि सालिग्राम जेष्ठ नागरीक आश्रमलाई दुई थान टेलिभिजन प्रदान गरेको छ भने भक्तपुर क्यान्सर अस्पताललाई पाँच थान ह्वील चेयर प्रदान गरेको छ । सोही अवसरमा वर्षका उत्कृष्ट कर्मचारी विष्णुप्रसाद खतिवडालाई सम्मानित गरेको छ । संस्थाले २०७२ असार मसान्त सम्ममा एक अर्व २४ करोड निक्षेप र एक अर्व दुई करोड कर्जा प्रबाह गरेको जनाएको छ । यस संस्थाले मोबाईल बैकिङ मार्फत ग्राहकहरुले बिभिन्न सेवा उपभोग गर्न सक्नेछन् । गा्रहकहरुले मोबाईल टपअप, रिचार्ज, फण्ड ट्रान्सफर, युटिलिटि पेमेन्ट, तथा सोधपुछ अनुरोध गर्न सक्नेछन् । डेबिट कार्ड सेवा मार्फत एससीटी नेटवर्क भएका सवै एटीएमबाट ग्राहकहरुले सेवा लिन सक्नेछन् ।

एनसीसी बैंकको नाफा १२ करोड ९० लाख, गत वर्षको तुलामा एक प्रतिशत मात्रै नाफा

काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने जम्मा एक दशमलव ४९ प्रतिशतले मात्रै बढी हो । यो बैंकले कर र बोनस अगाडि २० करोड रुपैयाँ नाफा गरेको भएपनि गत वर्षको तुलनामा खुद नाफा भने जम्मा १२ करोड ७१ लाखबाट १२ करोड ९० लाख मात्रै हुन सकेको छ । बैंकको निक्षेत्र ३० अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंको चुत्ता पूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यो बैंकको संचित कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । खराब कर्जाको अनुपात शून्य दशमलव ९६ प्रतिशत रहेको छ । यो खराव कर्जाको अनुपान गत वर्ष १ दशमलव ८१ प्रतिशतच रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७५ दशमलव ८१ प्रतिशत रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ । एनसीसीको प्रतिशेयर बजारमा ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।