एनएमबि माइक्रो फाइनान्सको १५ प्रतिशत बोनस र १५० प्रतिशत हकप्रद पारित

<p>काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभा सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । संस्थाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस सेयर जारी गरे पश्चात कायम [&hellip;]</p>

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभा सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस सेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ दरले हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए ।

सभामा सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन सर्बसम्मतीले पारित गरेको जनाइएको छ ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि बैकको सहायक कम्पनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीब २ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी र निक्षेप करीब ८५ करोड रुपैयाँ रहेको निमित प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले बताए ।

Share News