सनराइज बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आईएमईको कमायो १८७ करोड, एक वर्षमा आश्चर्यजनक प्रगति

काठमाडौं । कस्ट अफ फण्डसँगै आधार ब्याजदरमा आश्चर्य सुधार गर्दै ग्लोबल आईएमई बैंकले ९ महिनामा १८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ । माघदेखि चैत महिनामा ६४ करोड २७ लाख रुपैंया नाफा कमाउँदा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ग्लोबल आईएमईले कुल १ अर्ब ८७ करोड २१ लाख रुपैंया पुगेको हो । एक वर्षको अवधिमा बैंकले कस्ट अफ फण्डलाई ८.२२ प्रतिशतबाट घटाएर ६.९७ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्डसँगै बैंकको बेसरेट ११.६८ प्रतिशतबाट २.०८ प्रतिशत भन्दा पनि कममा आएर ९.६० प्रतिशतमा आईपुगेको छ । बेसरेटमा आएको सुधारसँगै बैंकले आफ्नो स्प्रेडदरको आकार २.९८ प्रतिशतबाट ४.६३ प्रतिशत पुर्याउन सफल भएको छ, यो दर नेपाल राष्ट्र बैंकले तोकेको ७.७५ को सीमाभित्रको हो । बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । बैंकको रिजर्भको आकार भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष चैतमा ३ खर्ब २२ अर्ब भएको सो आकार यो चैत मसान्तमा २ खर्ब ३९ अर्बमा झरेको छ ।

कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकको शाखा बिस्तार

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँशाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞ सीबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट उद्घाटन भएको हो ।