नेपाल बैंकको नाफा घट्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको चैतमा बैंकले कामएको नाफा भन्दा यो वर्षको सोही अवधिमा कमाएको नाफामा ३२ करोडले कमी आएको हो । अघिल्लो वर्ष ९ महिनामा २ अर्ब ५६ करोड रहेको बैंकको खुद नाफा अहिले २ अर्ब २४ करोडमा झरेको हो । नेपाल बैंकको नाफा घटे पनि बैंकको कोर बिजिनेसबाट प्राप्त नाफामा भने कमी आएको छैन । बैंकले अघिल्लो वर्ष बिक्री गरेको सम्पत्तिहरुबाट प्राप्त भएको नाफाका कारण खुद नाफामा कमी आएको देखिएको हो । बैंकको ब्याज आम्दानी अघिल्लो वर्षभन्दा १७ करोडले बढेर ४ अर्ब ७२ करोड पुग्दा गैरब्याज आम्दानीमा भने कमी आएको छ । बैंकको निक्षेप भने अघिल्लो त्रैमासभन्दा करिब ४ अर्बले बढाएको छ भने कर्जाको आकारमा ३ अर्ब वृृद्धि भएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १७.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत कस्ट अफ फण्ड ४.११ प्रतिशत, सीसीडी अनुपात ७४.३२ प्रतिशत आधार ब्याजदर ६.९२ प्रतिशत रहेको छ । ब्याजको स्प्रेडदर ५.५० प्रतिशत छ नेपाल राष्ट्र बैंकले चैत्र महिनाभित्र स्प्रेडदर ४.७५ प्रतिशतमा झार्न दिएको निर्देशन विपरित बैंकको सो दर ४.९९ बाट बढेर उक्त विन्दुमा पुगेको हो ।

५  भन्सार कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालय गरी ५ वटा भन्सार कार्यालयमा आइतबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

नेपाल बङ्गलादेश बैँकबाट एसियन लाईफको बीमा सेवा पाइने

काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।