बीमा प्राधिकरणमा ५६८ वटा मुद्दा दर्ता, २२८ फछ्र्यौट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा १७४ वटा उजरी दर्ता भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनि गरेको बीमा प्रतिबीम्बअनुसार समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा १२५ वटा र प्रदेश कार्यालयमा ४९ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ वटासहित कुल ५६८ वटा मुद्दा रहेका छन् ।

जेठ मसान्तसम्मको अवधिमा १७० वटा मुद्दमा फैसला सुनाएको छ भने ५८ वटा मुद्धामा सहमति गराएको छ । यसरी फैसला र सहमति गरी कुल २२८ मुद्धा फछ्र्यौट भएका छन् ।

गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा सुधार देखिएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा फैसला र ४६ वटा सहमति गरी कुल १३१ वटा उजुरी फछ्र्यौट गरेको थियो ।

चालु आर्थिक वर्षको जेठसम्ममा कुल ३४० वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आवको यही अवधिमा ३९४ वटा उजरी फछ्र्योट हुन बाँकी थियो । 

Share News