आशा लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, ९ महिनाको कमाई साढे एक करोड
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत अर्थात ९९.९६ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा संस्थाको खुद नाफा ४ हजार ४५० रुपैयाँ रहेको थियो । लघुवित्तको सञ्चालन नाफा १ करोड ६६ लाख रुपैयाँ रहेको छ जुन पुसमसान्तको तुलनामा ६० करोड रुपैयाँ बढी हो । संस्थाले राईट व्याकबाट ६२ लाख रुपैयाँ प्राप्त छ । कर र बोनसअघि संस्थाको नाफा २ करोड २८ लाख रुपैयाँ छ । संस्थाले स्टाफ बोनस २० लाख र कर ६२ लाख छुट्टाएको छ । संस्थाले चैत मसान्तसम्ममा ४० करोड निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा २० करोड रुपैयाँ बढी हो । एक अर्ब ५८ करोड रुपैयाँ कर्जा सापटी दिएको यस संस्थाले हालसम्म लगानी नगरेको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । लघुवित्तको क्यापिटल फण्ड १३.४६ प्रतिशत र सीडी रेसियो २६०.६४ प्रतिशत छ । हाल संस्थाको संचित कोषमा १ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । प्रतिसेयर आम्दानी वार्षिकीकरण गर्दा ९.३६ रुपैयाँ छ । हाल संस्थाको सेयर प्रतिकित्ता ४६१ रुपैयाँमा कारोबार भईरहेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । कम्पनीले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा ज्योतिलाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेका हुन् । सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ । र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।
चितवनको हाकिम चोकमा मुक्तिनाथको नयाँ शाखा, ११४ वटा पुगे
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा शुक्रबारबाट चितवनको, हाकिमचोक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताइन् । शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी, र समाजसेवीहरुको उपस्थिति रहेको थियो । चितवन हाकिम चोकको सहति मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा सञ्चालन गरेको जनाएको छ ।