बीमा समितिका कर्मचारी नै बीमाको पहुँच बाहिर
काठमाडौ । ‘बीमा समितिमा रहेका कर्मचारीले नै बीमा गर्दैनन्, हामीले बीमा चेतनाको कुरा गरेर मात्र बीमा बजार बिस्तार हुँदैन’–यो भनाई हाल बीमा समितिमा एक जिम्मेवार अधिकारीको हो । उनले बीमाको आफ्नै महत्व भएपनि जानकारहरुले नै उक्त विषयलाई हेलचेक्राई गर्दै आएका बताए । बीमा समितिका ती कर्मचारीका अनुसार कर्मचारीहरु पढे लेखेका छन्, उनीहरुसँग बीमा गर्नु पर्छ भन्ने ज्ञान छ, बीमा गर्न लाग्ने खर्चपनि छ, तैपनि उनीहरुले नै बीमा गर्दैनन् । यस्तै, राष्ट्रिय बीमा संस्थानमा भेटएका अभिकर्ता गोपाल उपाध्यायले भने– अहिलेसम्म नेपालमा बीमा किन्ने भन्दा बीमा बेच्ने कार्य भईरहेको बताए । उनले बीमा बेच्ने भन्दा भिडाउने नै काम हो भन्ने जानकारी दिए । सोही क्रममा विदेशी राष्ट्रहरुमा बीमा सेवा बेचिने गरेको पाईयो । बीमा बेचिनुको कारण भनेको बिमितमा भएको बीमा चेतना नै प्रमुख हो भन्ने अभिकर्ता उपाध्यायको तर्क छ । बीमा गराउने कम्पनी संख्या ४० अहिले नेपालमा बीमा क्षेत्रमा संलग्न ४० कम्पनीहरु रहेका छन् । हाल नेपालमा जीवन बीमा गराउने १९ वटा कम्पनीहरु छन् । यस्तै, निर्जीवन बीमा गराउने कम्पनी २० वटा छन् । यस्तै, पूनर्बीमा गराउने एक मात्र कम्पनी नेपाल पूनर्बीमा कम्पनी (नेपाल रि) छ । नेपालमा रहेका ४० वटै बीमा व्यवसाय गर्ने कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति हो । बीमा समितिले सो कम्पनीहरुमा सुपरीवेक्षण, निरीक्षणको काम गर्दै आएको छ । तर, केही दिनअघि मात्रै बीमा समितिमा कार्यरत एक कर्मचारीले बीमामा त्यति धेरै संलग्नता नभएको बताए । उनले आफ्नो मात्र संलग्नता नभएकोमा अचम्म नमान्न भन्दै बीमा समितिमा काम गर्ने अधिकांश कर्मचारीहरु बीमाको पहुँचबाट बाहिर रहेको जानकारी दिए । बीमा समिति भन्छ–बीमाको पहुँच बढ्दैछ बीमा समितिले बीमाको पहुँच वृद्धीको क्रममा रहेको दाबी गर्दै आएको छ । बीमाको पहँुच हालसम्म १८ प्रतिशतमा पुगेको र चालु आर्थिक बर्षको अन्त्यसम्ममा पहुँच २० प्रतिशत पुग्ने बताएको छ ।
स्वरोजगारको विशेष साधारण सभा असार २४ मा, मर्जरमा जान बाटो खोल्ने
काठमाडौँ । बनेपा, काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २४ गते हुने भएको छ । सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । विशेष साधारण सभा प्रयोजनका लागि असार २४ गते संस्थाको सेयर नामसारी दाखिल खारेज दर्ता बन्द(बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाम्ने/गाभिने वा प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव प्रस्तुत गरिने छ । साथै वित्तीय संस्थाको अधिकृत पूँजी र जारी पूँजी बृद्धी सम्बन्धमा पनि छलफल हुने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।
आँबुखैरेनीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा संचालनमा
काठमाडौँ । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आपm्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।