सिटिजन्स बैंकको थहिटी शाखाद्वारा सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गतेदेखि थहिटी शाखा कार्यालय हाल रहेको भवन(काठमाडौं जिल्ला कामनपा वडा नं. १७)को सामून्ने उत्तरतर्फकरिब ५० मिटरको दुरिमा शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन गरेको छ । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । [&hellip;]</p>


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गतेदेखि थहिटी शाखा कार्यालय हाल रहेको भवन(काठमाडौं जिल्ला कामनपा वडा नं. १७)को सामून्ने उत्तरतर्फकरिब ५० मिटरको दुरिमा शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन गरेको छ ।

सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, सानाव् यवसायीकर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

Share News